राष्ट्र बैंककाे २१ करोड मुद्दतीमा लगानी गर्न वित्तीय संस्थालाई दुई दिनको मात्रै म्याद बाँकी

राष्ट्र बैंककाे २१ करोड मुद्दतीमा लगानी गर्न वित्तीय संस्थालाई दुई दिनको मात्रै म्याद बाँकी


नेपाल राष्ट्र बैकले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गर्ने भनिएको २१ करोड लगानीमा इच्छुक संस्थालाई बोलकबोल गर्ने २ दिनको समय मात्रै बाँकी रहेको छ।

राष्ट्र बैंक कर्मचारी सुरक्षण कोषमा रहेकाे २१ करोड रुपैयाँ बाणिज्य, विकास र फाइनान्स कम्पनीलाई एक बर्षकाे अवधिका लागि मुद्दती निक्षेपमा लगानी गर्ने जनाएअनुसार इच्छुक कम्पनीले माघ २३ भित्र बोलकबोल गरिसक्नु पर्नेछ।

मासिकरुपमा भुक्तानी गर्नुपर्ने शर्तमा राष्ट्र बैंकले ‘क’ वर्गका वाणिज्य बैंकका लागि १६ करोड ८० लाख, ‘ख’ वर्गका विकास बैंकका लागि ३ करोड १५ लाख र ‘ग’ वर्गका वित्तीय कम्पनीलाई १ करोड ५ लाख रकम लगानी गर्ने छुट्याएको छ। जुन रकम आगामी ४ फागुनदेखि ४ फागुन २०७९ सम्मका लागि मात्रै कायम रहनेछ।

न्यूनतम पुँजी कोष रहेको, निष्क्रिय कर्जाको कुल कर्जा सापटीको ५ प्रतिशतभन्दा कम हुनुपर्ने, स्वदेशी निक्षेपको कम्तिमा २० प्रतिशत वा सो भन्दा बढी रहेको हुनुपर्ने, खुद तरल सम्पत्ति भएको हुनुपर्ने, दुई वर्ष पुरा भएको संस्थाले मात्रै सो रकम लिन सक्ने शर्त राष्ट्र बैंकले राखेको छ।

राष्ट्र बैंकका अनुसार इच्छुक कम्पनिले लिन आफूले लिन चाहेको रकम र उक्त रकममा प्रदान गर्न सक्ने ब्याजदरसमेत उल्लेख गरेर निवेदन दिन सक्नेछन्।

Logo