साताको सुन बजार : एक हप्तामा ३०० ले बढ्यो सुनको मूल्य, चाँदी स्थिर

साताको सुन बजार : एक हप्तामा ३०० ले बढ्यो सुनको मूल्य, चाँदी स्थिर


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३०० ले बढेको छ। यस्तै चाँदीको मूल्य स्थिर रहेको छ।

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएकोमा आइतबार ४०० ले घट्दै प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको भाउ पनि घटेको छ। आइतबार प्रतितोला १५ रूपैयाँ घट्दै एक हजार २५० रुपैयाँमा कारोबार भएको हो। शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको थियो।

सुनको भाउ सोमबार प्रतितोला ४०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।

आइतबार भने छापावाल सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको भाउ पनि घटेको छ। आइतबार एक हजार २५० रुपैयाँमा  कारोबार भएको चाँदी सोमबार १० रुपैयाँले घटेको छ। सोमबार चाँदीको भाउ प्रतितोला एक हजार २४० रुपैयाँमा भएको छ।

सुनको भाउ मंगलबार प्रतितोला १०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९१ हजार ९०० रुपैयाँ कायम भएको छ। 

सोमबार भने छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको भाउ भने स्थिर छ। सोमबार एक हजार २४० रुपैयाँमा  कारोबार भएको चाँदी मंगलबार पनि  त्यही भाउमा  निर्धारण भएको छ।

सुनको भाउ बुधबार प्रतितोला ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम भएको छ। मंगलबार भने छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी, बुधबार तेजावी सुनको भाउ तोलाको ९१ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्य पनि बढेको छ । मंगलबार एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १५ रुपैयाँले बढेर प्रतिलोलाको एक हजार २५५ रुपैयाँ  निर्धारण भएको छ।

सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको छ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम थियो। चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो। 

सुनको मूल्य शुक्रबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ भने तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७०० रुपैयाँ कायम थियो। 

चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार २५० रुपैयाँ कायम भएको छ। बिहीबार चाँदीको मूल्य १ हजार २५५ रुपैयाँ कायम भएको थियो। 

Logo