शेयर बजारमा उच्च अंकको गिरावट, ४०.५७ अंकले घट्यो नेप्से

शेयर बजारमा उच्च अंकको गिरावट, ४०.५७ अंकले घट्यो नेप्से


कारोबार हुने साताको पहिलो दिन आज आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ ।

उतारचढावका बीच गतसाता कारोबार भएको नेप्से आइतबार ४०.५७ अंकले घटेर २८३६.१७ विन्दुमा पुगेको छ । गत साता साढे ३ प्रतिशतले बढेको नेप्से साताको पहिलो दिन आइतबार भने १.४१ प्रतिशतले घटेको छ । 

आइतबार २२८ वटा घितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवन बीमा कम्पनी ३.५७ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो । 

Logo