साताकाे शेयर बजार : एक हप्तामा नेप्से ७५.१९ अंकले घट्यो

साताकाे शेयर बजार : एक हप्तामा नेप्से ७५.१९ अंकले घट्यो


यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा १ दिन शेयर बजार बढेको छ भने ४ दिन घटेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ८७६.७५ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ८०१.५६ बिन्दुमा झरेको छ। यसर्थ समग्रमा यस हप्ता नेप्से ७५.१९ अंकले घटेको छ।

कारोबार हुने पहिलो दिन आइतबार शेयर बजारमा नकारात्मक प्रभाव परेको छ । अघिल्लो साताको अन्तिम दिन १४.५८ अंकले घटेको शेयर बजार आइतबार पनि दोहोरो अंकले घटेको हो । 

यस दिन नेप्से परिसूचक ४०.५७ अंकले घटेर २ हजार ८३६.१७ बिन्दुमा झरेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ७.७३ अंकले घटेर ५३१.९२ बिन्दुमा झरेको छ । 

आइतबार २२८ वटा धितोपत्रको १ करोड ६ लाख ५१ हजार ७५४ कित्ता शेयर ५ अर्ब ८३ करोड ६४ लाख १४ हजार ५१० रुपैयाँमा खरिद विक्री भएको छ ।

कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावरले सर्वाधिक हिस्सा ओगटेको छ । यो कम्पनीको ५४ करोड ४९ लाख ९३ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भएको हो । आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । 

कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजारमा वृद्धि भएको छ। आइतबार उच्च अंकले घटेको नेप्से सोमबार १५ दशमलव ६९ अंकले बढेको हो । 

सोमबार २२४ वटा घितोपत्रको ९५ लाख १२ हजार ५८० कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट ५ अर्ब २ करोड २० लाख १७ हजार १८१ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचकमा गिरावट आएको छ भने बाँकी रहेका १० वटा समूहको परिसूचक बढेको छ । कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्टक्चर बैँक लिमिटेडको ४९ करोड ३४ लाख ४९ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा गिरावट आएको छ । सोमबार १५ दशमलव ६९ अंकले बढेको बजार मंगलबार १६ दशमलव ३० अंकले घटेको हो । 

मंगलबार २३० वटा घितोपत्रको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

मंगलबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै परिसूचकमा गिरावट आएको छ । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ३५ करोड ८५ लाख १२ हजार रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

कारोबार हुने साताको चौथो  दिन बुधबार पनि शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार १६ दशमलव ३० अंकले घटेको बजार बुधबार २२ दशमलव ११ अंकले घटको हो । 

बुधबार २२३ वटा घितोपत्रको ६५ लाख २० हजार ६२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

बुधबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ । त्यसमध्ये सबैभन्दा बढी टे«न्डिङ समूहको १ दशमलव २२ प्रतिशतले गिरावट आएको हो । कारोबार रकमको आधारमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको १८ करोड ६१ लाख ६९ हजार ७६५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको अन्तिम दिन बिहीबार पनि शेयर बजारमा गिरावट आएको छ। बुधबार २२ दशमलव ११ अंकले घटेकोे बजार बिहीवार ११.९६ अंक घटेर २ हजार ८०१.५६ विन्दुमा झरेको छ । 

बिहीबार २२७ वटा घितोपत्रको ६९ लाख ५० हजार ८३८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ८२ करोड ९५ लाख ३३ हजार ३५० रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

बिहीबार १३ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २५ करोड ४८ लाख ३९ हजार ५६४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

Logo