‘भ्यालेन्टाइन डे’ को अवसरमा जगदम्बा मोटर्सका टिभिएस स्कुटरमा छुट अफर

‘भ्यालेन्टाइन डे’ को अवसरमा जगदम्बा मोटर्सका टिभिएस स्कुटरमा छुट अफर


टिभिएस स्कुटर र मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले भ्यालेन्टाइन डेको अवसर पारेर आफ्ना सम्पूर्ण टिभिएस स्कुटरहरुमा “कनेक्ट टु लभ” योजना ल्याएको छ।

जगदम्बा मोटर्सले जुपिटर क्लासिक, वेगो एफआइ लगायत नेपालमा सबैभन्दा बढी रुचाइएको स्मार्ट स्पोर्टि स्कुटर एन्टर्क बिकी वितरण गर्दै आइरहेको छ । स्मार्ट कनेक्टयुक्त एन्टर्क नेपालमा सबैभन्दा बढी बिक्री हुने प्रिमियम स्कुटर हो । 

यस योजनाको थिम “लभ इज जस्ट अ कल अवे” रहेको छ । यस योजना अन्तर्गत उपभोक्ताहरुले कुनै पनि मोडलको नयाँँ टिभिएस स्कुटर खरिदमा रु.६०००/– सम्मको सियोरसट नगद छुटको साथै हरेक दिन लक्की ड्र मार्फत एउटा रियलमी स्मार्ट फोन जित्न सक्ने मौका पाउनेछन् । लक्की ड्र हरेक दिन जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेज (https://www.facebook.com/jmtvs)  मार्फत हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले ४०% डाउन पेमेन्ट गरेर ०% ब्याजदरमा स्कुटर खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो योजना माघ २५ गतेदेखि फाल्गुन ६ गतेसम्म लागू हुनेछ।

Logo