धितोपत्र बाेर्डकाे अध्यक्षमा तीन जनाकाे नाम सिफारिस

धितोपत्र बाेर्डकाे अध्यक्षमा तीन जनाकाे नाम सिफारिस


नेपाल धितोपत्र बाेर्डकाे अध्यक्षका लागि तीन जनाकाे नाम सिफारिस भएको छ। साेमबार बसेकाे सिफारिस समितिकाे बैठकले कृष्णराज पाेखरेल, डा. गाेपाल भट्ट र रमेश हमालकाे नाम सिफारिस गरेकाे हाे।

अध्यक्षका लागि १५ जनाकाे आवेदन परेकाेमा छनाेट तथा सिफारिस समितिले आइतबार पाँच जनालाई अन्तर्वार्ताका लागि बाेलाएकाे थियाे ।

अन्तर्वार्तामा बाेलाइएका मध्ये निरज गिरि र खगेन्द्र कटुवाललाई पछि पार्दै तीन जना छनाेटका लागि सिफारिस भएका हुन्।

सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले अध्यक्षमा नियुक्त गर्नेछ।

Logo