अब ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने

अब ‘खल्ती’ मार्फत ब्लुबुक नवीकरण शुल्क तिर्न सकिने


नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्ती ले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ।

आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाट तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरु गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइनेछ। 

 प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पूर्वसर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम (भीआरएस) मा दर्ता गर्नुपर्ने हुन्छ। यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणाली ( HYPERLINK "https://tmis.bagamati.gov.np/"टि यम आइ  HYPERLINK "https://tmis.bagamati.gov.np/"य HYPERLINK "https://tmis.bagamati.gov.np/") को वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ। 

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले अब निम्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन्:

•खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस मा रहेको “ब्लुबुक रिन्यु“ मा नवीकरणमा ट्याप गर्नुहोस्।
•आवश्यक विवरणहरू भर्नुहोस् र भुक्तानी गर्न अगाडि बढ्नुहोस्।

नयाँ प्रयोगकर्ता या पहिलो पटक यो सेवा प्रयोग गर्न लाग्नुभएका महानुभावहरूलाई कुनै अन्योल नहोस् भनेर स्याम्पल बिल पनि उपलब्ध एप मै उपलब्ध गराइएको छ । भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै Khalti मा प्राप्त हुनेछ भने VRS द्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन्। खल्ती होमपेजको ट्रान्ज्याक्शन मा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ। 

Logo