ग्लोबल आइएमई बैंकले प्रति आवेदन १५ रुपैयाँ सि–आस्वा शुल्क लिने

ग्लोबल आइएमई बैंकले प्रति आवेदन १५ रुपैयाँ सि–आस्वा शुल्क लिने


ग्लोबल आइएमई बैंक लिमिटेडले धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा सुविधा उपलब्ध गराए बापत ग्राहकबाट प्रतिआवेदन १५ रुपैयाँ सि–आस्वा शुल्क लिने भएको छ।

बैंकले यसअघि निःशुल्क सि–आस्वा सेवा उपलब्ध गराउँदै आइरहेकोमा फागुन ४ गतेदेखि सि–आस्वा शुल्क बापत १५ रूपैयाँ शुल्क लिने भएको हो।

बैंकले एक सूचना जारी गर्दै फागून ४ गते बुधबार (आज) देखि लागू हुने गरि धितोपत्र खरिद (सार्वजनिक निष्कासन) मा प्रतिआवेदन १५ रूपैयाँ शुल्क निर्धारण गरिएको जानकारी गराएको हो।

Logo