साताकाे शेयर बजारः नेप्से एक हप्तामा ६९.०५ अंकले घट्यो

साताकाे शेयर बजारः नेप्से एक हप्तामा ६९.०५ अंकले घट्यो


यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा २ दिन शेयर बजार बढेको छ भने ३ दिन घटेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ८०१.५६ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ७३२.५१ बिन्दुमा पुगेर रोकिएको छ । यसर्थ समग्रमा यस हप्ता नेप्से ६९.०५ अंकले घटेको छ।

कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो बिहीबार ११ दशमलव ९६ अंकले घटेर बन्द भएको बजार आइतबार पनि उच्च अंकले घटेर बन्द भएको हो । कारोबारमा आएदेखि नै उच्च अंकले घटेको बजार अन्तिममा १०१ दशमलव २४ अंकले घटेर २ हजार ७०० दशमलव ३२ बिन्दुमा झरेको छ। 

आइतबार २२७ वटा घितोपत्रको १ करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर खरिद बिक्री भयो । जसबाट ५ अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । 

आइतबार १३ वटै समूहको परिसूचकमा गिरावट आएको छ ।  सबैभन्दा बढी हाइड्रोपावर समूहको ५ दशमलव ४७ प्रतिशतले घटेको छ । 

कारोबार रकमको आधारमा अपर तामाकोशीको ३२ करोड ८४ लाख ८ हजार ९४४ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजारमा झिनो अंकको सुधार आएको छ। आइतबार १०१ दशमलव २४ अंकले घटेको बजारमा सोमबार ०.०८ अंकले बढेर २ हजार ७०० दशमलव ९८ बिन्दुमा पुगेको छ। 

सोमबार २२७ वटा घितोपत्रको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब ६८ करोड ४० लाख ९ हजार ९१५ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

सोमबार १३ वटा समूहमध्ये ८ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । सोमबार बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीको ८ दशमलव १३ प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता ६६५ रुपैयाँ कायम भएको छ । 

कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावर कम्पनीको ५४ करोड ९१ लाख ९३ हजार २४५ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ। सोमबार सामान्य अंकले बढेको बजार आज ५३ दशमलव ३० अंकले बढेर २ हजार ७५४ दशमलव २८ बिन्दुमा पुगेको छ।   

मंगलबार २२४ वटा घितोपत्रको ६३ लाख ४३ हजार २२८ कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब २३ करोड ३३ लाख १८ हजार ६१४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

मंगलबार १३ वटै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढि फाइनान्स समूहको २ दशमलव ८५ अंकले बढेको हो । 

मंगलबार न्यादी  हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा हिमालयन डिष्टिलरी लिमिटेडको २२ करोड ७७ लाख ३९ हजार ४९० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको चौँथो  दिन बुधबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। बजार प्रिओपनमा बढे पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो। 

मंगलबार ५३ दशमलव ३० अंकले बढेको बजार बुधबार १९ दशमलव ८४ अंकले गिरावट आएर २ हजार ७३४ दशमलव ४४ बिन्दुमा झरेको छ। 

बुधबार २३१ वटा घितोपत्रको ५६ लाख ५२ हजार १८२ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २ करोड ६३ लाख ३० हजार ७८४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचकमा वृद्धि आएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। कारोबार रकमको आधारमा अपि पावर कम्पनीको २१ करोड १४ लाख ६५ हजार ३३९ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो ।

कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। बुधबार  १९ दशमलव ८४ अंकले घटेको शेयर बजार बिहीबार पनि १ दशमलव ९४ अंकले घटेर २ हजार ७३२ दशमलव ५१ बिन्दुमा झरेको छ। 

बिहीबार २२७ वटा घितोपत्रको ४० लाख १७ हजार ४२९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब २७ करोड ८१ लाख ७३ हजार ६६० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

बिहीबार १३ वटा समूहमध्ये ५ वटा समूहको परिसूचकमा वृद्धि भएको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ।  

कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको २२ करोड ३७ लाख ३६ हजार १९७ रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

Logo