साताको समीक्षाः एक हप्तामा २५०० ले बढ्यो सुनको मूल्य

साताको समीक्षाः एक हप्तामा २५०० ले बढ्यो सुनको मूल्य


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला २५०० ले बढेको छ। यस्तै चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ।  

आइतबार १५०० ले बढ्यो सुनको मूल्य
आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रवार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला १ हजार ५०० रुपैयाँले बढेर ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। 

यस दिन तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ। यस्तै, चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। शुक्रवार चाँदीको मूल्य प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको थियो।

सोमबारको सुनचाँदी बजार स्थिर
सुनको भाउ सोमबार स्थिर भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९५ हजार पाँच सय रुपैँयाँ कायम भएको छ। 

आइतबार पनि छापावाल सुन तोलाको ९५ हजार ५०० रुपैँयाँमै कारोबार भएको थियो।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार निर्धारण भएको छ । आइतबार एक हजार ३०० रुपैँयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ। 

मंगलबार सुनको मूल्य १ हजार २०० रुपैयाँले बढ्यो
मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार २०० रुपैयाँले बढेको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार ९६ हजार ७०० रुपैयाँ कायम भएको छ।

मंगलबार तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेर प्रतितोला १ हजार ३२० रुपैयाँ कायम भएको छ।

बुधबार सुनको मूल्य १ हजार ६०० रुपैयाँले घट्यो
बुधबार नेपाली बजारमा सुनको मूल्य १ हजार ६०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छ।

बुधबार तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैयाँले घटेर १ हजार २८५ रुपैयाँ कायम भएको छ। मंगलबार चाँदीको मूल्य १ हजार ३२० रुपैयाँ कायम भएको थियो। 

बिहीबार एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९५ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ६०० रुपैयाँ कायम भएको छ। 

त्यस्तै, बिहीबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर १ हजार २९५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार २८५ रुपैयाँ कायम भएको थियो ।

शुक्रबार सुनको मूल्य चार सयले बढ्यो
नेपाली बजारमा शुक्रबार सुनको मूल्य चार सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँ कायम भएको छ।

बिहीबार छापावाल सुन तोलामा ९६ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको भाउ तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ। 

चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। बिहीबार एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय पाँच रुपैयाँ निर्धारण भएको छ।

Logo