सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो

सुनकाे मूल्य ताेलामा ४०० रुपैयाँले घट्यो


सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ। आइतबार सुन तोलाको ९६ हजार ६०० रुपैँयाँमा  कारोबार भएको थियो।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ। 

आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ। चाँदी ५ रूपैयाँले घटेकाे हाे।

Skip This
Logo