क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि हुने

क्यान इन्फोटेकको २७ औं संस्करण वैशाख ७ गतेदेखि हुने


सूचना तथा संचार प्रविधि क्षेत्रमा विकास भएका नयाँ -नयाँ प्रविधि प्रदर्शनी तथा विकासका लागि क्यान इन्फोटेकको २७ औं संस्करण हुने भएको छ । 

२०७९ सालबैशाख ७ गते बुधबार देखि १२ गते सम्म काठमाडौंको भकृटीमण्डपमा हुने कार्यक्रम यस अगि कोरोना संक्रमणका कारण रोकिएको थियो । 
 
सूचना तथा संचार विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तरक्रिया गर्ने उद्देश्यले सन १९९५ देखि बर्षेनी आयोजना हुदैं आएको छ । २७ औं क्यान इन्फोटेकको शिर्ष प्रायोजन आईएमई पे र सह प्रायोजन स्मार्टच्वाइस टेक्नोलोजिज एससिटी स्मार्ट क्यू आर रहेका छन । 

 

 

Logo