साताकाे शेयर बजार : एक हप्तामा नेप्से ७१.०७ अंकले घट्यो

साताकाे शेयर बजार : एक हप्तामा नेप्से ७१.०७ अंकले घट्यो


यस हप्ता शेयर बजारमा उतार चढाव नै कायम रह्यो। आइतबारदेखि बिहीबारसम्मको समग्र कारोबारमा २ दिन शेयर बजार बढेको छ भने ३ दिन घटेको छ। अघिल्लो हप्ताको बिहीबार २ हजार ७३२.५१ बिन्दुमा रोकिएको नेप्से यस हप्ताको बिहीबार २ हजार ६६१ दशमलव ४४ बिन्दुमा पुगेर रोकिएको छ। यसर्थ समग्रमा यस हप्ता नेप्से ६९.०५ अंकले घटेको छ। 

कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजार उच्च अंकले घटेको छ। कारोबार सुरु भएदेखि नै घटेको बजार अन्त्यमा दोहोरो अंकले गिरावट आएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहीबार झिनो अंकले घटेको बजार आइतबार ३९ दशमलव ४० अंकले गिरावट आएर २ हजार ६९३ दशमलव ४० बिन्दुमा झरेको छ। 

आइतबार २३० वटा धितोपत्रको ७१ लाख २१ हजार ६३४ कित्ता शेयर खरिद बिक्री भएको थियो । जसबाट ४ अर्ब ८ करोड ६० लाख ८ हजार ४४ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। 

आइतबार १३ वटा समूहमध्ये अन्य समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ। सबैभन्दा बढी जीवनबीमा समूहको २ दशमलव ४४ प्रतिशतले गिरावट आएको छ। 

आइतबार युनाईटेड इदी मर्दी एण्ड आर.वि.हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा जीवन विकास लघुवित्त वित्तिय संस्थाको ५८ करोड २ लाख २३ हजार ४५० रुपैयाँ बराबरको शेयर खरिद विक्री भयो।

कारोबार हुने साताको दोस्रो दिन सोमबार शेयर बजार बढेको छ। आइतबार उच्च अंकले घटेको बजार सोमबार २५ दशमलव ४१ अंकले बढेर २ हजार ७१८ विन्दुमा पुगेको छ।  

सोमबार २२४ वटा धितोपत्रको ४९ लाख ९२ हजार ८७९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट २ अर्ब ९९ करोड ७६ लाख ८१ हजार ७२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

सोमबार सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी हाइड्रोपावर समूहको २ दशमलव २४ प्रतिशतले बढेको हो। सोमबार पनि युनाइटेड इदी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। 

कारोबार रकमको आधारमा नेपाल दुरञ्चार कम्पनीको २६ करोड ५० लाख १३ हजार ५६० रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

कारोबार हुने साताको तेस्रो दिन मंगलबार पनि शेयर बजार बढेको छ। सोमबार २५ दशमलव ४१ अंकले बढेको बजार मंगलबार १७ दशमलव ४२ अंकले बढेर २ हजार ७३५ दशमलव ९३ बिन्दुमा पुगेको हो।  

मंगलबार २२८ वटा धितोपत्रको ६० लाख ८१ हजार ६०२ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब २१ करोड २८ लाख ८७ हजार ८२२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

मंगलबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ। सबैभन्दा बढी अन्य समूहको १ दशमलव ९८ प्रतिशतले बढेको हो।   

मंगलबार मैलुङ खोला जलविद्युत कम्पनी र युनाइटेड इदी मर्दी आर.वि हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको २१ करोड ४९ लाख ६७ हजार ४२१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

कारोबार हुने साताको चौँथो दिन बुधबार शेयर बजार घटेको छ। कारोबार खुलेदेखि नै घटेको बजार अन्तिममा दोहोरो अंकले घटेर बन्द भएको हो। 

मंगलबार १७ दशमलव ४२ अंकले बढेको बजार बुधबार १५ दशमलव ५० अंकले घटेर २ हजार ७२० दशमलव ४३ बिन्दुमा झरेको छ।  

बुधबार २२८ वटा धितोपत्रको ६२ लाख ४७ हजार ७७४ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ३ अर्ब १३ करोड १२ लाख १० हजार २८१ रुपैयाँ बराबरको कारोबार भएको छ। 

बुधबार १३ वटा समूहमध्ये २ वटा समूहको परिसूचक बढेकोे छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । दिव्यश्वरी हाईड्रोपावर र युनाइटेड इदी मर्दी आर.बी हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको १९ करोड ३७ लाख ८५ हजार ५५४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

कारोबार हुने साताको अन्तिम दिन बिहीबार शेयर बजार उच्च अंकले घटेको छ। बुधबार १५ दशमलव ५० अंकले घटेको बजार बिहीबार ५८ दशमलव ९९ अंकले घटेर २ हजार ६६१ दशमलव ४४ बिन्दुमा झरेको छ।  

बिहीबार २२९ वटा धितोपत्रको ८४ लाख ९० हजार ६८९ कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट ४ अर्ब २९ करोड ३८ लाख ६४ हजार १९२ रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

बिहीबार १३ वटै समूहको परिसूचक घटेको छ। सबैभन्दा बढी फाइनान्स समूहको ३ दशमलव १ प्रतिशतले घटेको हो। हिमालयन जेनरल इन्स्योरेन्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  

कारोबार रकमको आधारमा नेशनल हाइड्रोपावरको २६ करोड ९७ लाख १६ हजार ४१७ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो।

Logo