साताको सुन बजार : एक हप्तामा सुनको मूल्य १४०० ले बढ्यो

साताको सुन बजार : एक हप्तामा सुनको मूल्य १४०० ले बढ्यो


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला १४०० ले बढेको छ। यस्तै चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ ।  

साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य १०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको थियो । तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ कायम भएको छ । 

त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । अघिल्लो शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँ कायम भएको चाँदी आइतबार पनि सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको भाउ सोमबार  प्रतितोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९६ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुन तोलाको ९६ हजार ६०० रुपैँयाँमा  कारोबार भएको थियो ।

यसैगरी, सोमबार तेजावी सुनको भाउ तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ । 

चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ। आइतबार एक हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार ३०० रुपैयाँ निर्धारण भएको छ। 

मंगलबार नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ५०० रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर १ हजार ३१५ रुपैयाँ भएको छ । सोमबार चाँदीको मूल्य १ हजार ३०० रुपैयाँ कायम भएको थियो । 

बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बुधबार प्रतितोला ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार रुपैयाँ कायम भएको छ। 

त्यस्तै, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ३२० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको थियो ।

सुनको भाउ बिहीबार प्रतितोलामा दुई हजार ५०० रुपैयाँले बढेर एक लाख नजिक पुगेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको ९९ हजार रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुन तोलाको ९६ हजार पाँच सय रुपैँयाँमा कारोबार भएको थियो । 

यसैगरी बिहीबार तेजावी सुनको भाउ तोलाको ९८ हजार ५०० रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । बुधबार एक हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ३५५ रुपैयाँमा  निर्धारण भएको छ ।

नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ ।  
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुन तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँको दरले घटेको छ। बिहीबार एक हजार तीन सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार तीन सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

Logo