१२ कम्पनीको आईपिओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति?

१२ कम्पनीको आईपिओ पाइपलाइनमा, कहिले पाउँछन् अनुमति?


नेपाल धितोपत्र बोर्डका तत्कालिन अध्यक्ष भिष्मराज ढुंगाना सवोत्तम सिमेण्टको शेयर विवादमा परेपछि गत असोजमा सरकारले उनलाई निलम्बन गर्यो। त्यसपछि विभिन्न कम्पनीहरुले आईपिओको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा दिएका निवेदन थन्किए। अहिले बोर्डले नयाँ अध्यक्ष पाएको छ।

कतिपय कम्पनीहरुले आईपिओ निष्कासन गर्नका लागि अनुमति पाएसँगै निष्कासन पनि गरिरहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेवन) का अनुसार साधारण शेयर (आईपिओ) निष्कासन तथा स्वीकृतिका लागि १२ वटा कम्पनीहरु अझै पाइपलाइनमा छन् । 

ती कम्पनीहरुमध्ये १० वटा हाइड्रोपावर कम्पनी रहेका छन् भने बाँकी इन्स्योरेन्स र फाइनान्स कम्पनी रहेका छन् । कुन कुन हुन् त ती कम्पनी? 

१) मोलुङ हाइड्रोपावर कम्पनी
मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडले ३५ करोड ३१ लाख रुपैयाँ बराबरको ३५ लाख ३१ हजार कित्ता साधारण शेयर (आईपिओ) निस्कासन गर्नका लागि साउन १ गते धितोपत्र बोर्ड (सेवन) मा निवेदन दिएको हो । कम्पनीको आईपिओ निस्कासन तथा विक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

२) रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी 
रिलायवल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब २७ करोड २० लाख रुपैयाँ बराबरको ६० लाख कित्ता साधारण शेयर (आईपिओ) निष्कासन गर्नका लागि साउन १२ गते सेवनमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। 

३) थ्रि स्टार हाइड्रोपावर कम्पनी 
थ्रि स्टार हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कानका लागि बोर्डसँग अनुमति मागेको छ । कम्पनीले १२ करोड ३१ लाख २५ हजार रुपैयाँ बराबरको १२ लाख ३१ हजार २५० कित्ता आईपिओ निष्कासन गर्नको लागि साउन १७ गते बोर्डसँग अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ । 

४) कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी 
कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले २ करोड ४३ लाख ७३ हजार ५०० रुपैयाँ बराबरको २ लाख ४३ हजार ७३५ कित्ता आईपिओ निष्कासन गर्नका लागि साउन ३२ गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमवी क्यापिटल लिमिटेड रहेको छ । 

५) आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेड 
आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा अनुमति मागेको छ । कम्पनीले ६० लाख रुपैयाँ बराबरको ६० हजार कित्ता आईपिओ निष्कासनका लागि असोज २० गते बोर्डमा अनुमति मागेको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकमा बोक क्यापिटल मार्केट लिमिटेड रहेको छ । 

६) सिक्लेस हाइड्रोपावर कम्पनी 
सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि कार्तिक २९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम बोक क्यापिटल मार्केट लिमिटेड नै गर्नेछ ।

७) सुपरमाई हाईड्रोपावर कम्पनी 
सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले आईपिओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ विक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गर्नेछ । 

८) सान्जेन जलविद्युत कम्पनी
सान्जेन जलविद्युत कम्पनी लिमिटेडले आईपिओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २० गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम सिटिजन इन्भेष्मेन्टले गर्नेछ । 

९) इष्ट्रन हाईड्रोपावर कम्पनी 
इष्ट्रन हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण शेयर (आईपिओ) निष्कासन गर्नका धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि मंसिर २४ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ । 

१०) एशियन हाइड्रोपावर 
एशियन हाइड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता आईपिओ निष्कासन तथा विक्री खुला गर्नका लागि पुस ११ गते बोर्डमा निवेदन दिएको हो । आईपिओ निष्कासन तथा विक्री प्रवन्धकको काम एनएमवी क्यापिटलले गर्नेछ ।

११) रसुवागढी हाइड्रोपावर 
रसुवागढी हाईड्रोपावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्नका लागि निवेदन दिएको छ । कम्पनीले ६८ करोड ४२ लाख १० हजार रुपैयाँ बराबरको ६८ लाख ४२ हजार १०० कित्ता शेयर विक्री गर्नका लागि पुस २३ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ। 

१२) पिपुल्स पावर
पिपुल्स पावर कम्पनी लिमिटेडले पनि साधारण शेयर (आईपिओ) निष्कासन तथा विक्री खुला गर्नको लागि  निवेदन दिएको छ । कम्पनीले ३० करोड ९९ लाख ७४ हजार रुपैयाँ बराबरको ३० लाख ९९ हजार ७४० कित्ता आईपिओ निष्कासन गर्नको लागि पुस २७ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीको आईपिओ निष्कासन तथा विक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ ।

त्यसैगरी, विभिन्न कम्पनीहरुले आईपिओ निष्कासनका लागि अनुमति मागेसँगै हकप्रद शेयर निष्कासन गर्नका लागि २ वटा कम्पनीले धितोपत्र बोडसँग अनुमति मागेका छन् । हकप्रद शेयर निष्कासन गर्न निवेदन दिने कम्पनीमा अपि पावर कम्पनी लिमिटेड र नेपाल फाइनान्स लिमिटेड रहेका छन् ।

जसमध्ये अपि पावर कम्पनीले १ अर्ब ८ करोड ६० लाख रुपैयाँ बराबरको १ करोड ८ लाख ६० हजार कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि असोज ६ गते बोर्डमा  निवेदन  दिएको छ भने नेपाल फाइनान्सले ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ बराबरको ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि मंसिर १ गते बोर्डमा निवेदन दिएको हो।

हकप्रद शेयर निष्कासन तथा विक्री प्रवन्धकको काम क्रमशः मुक्तिनाथ क्यापिटल र प्रभु क्यापिटलले गर्नेछन्। 

Logo