यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


नेपाल राष्ट्र बैंकले शुक्रबार  लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२१ रुपैयाँ १६ पैसा र बिक्री दर १२१ रुपैयाँ ७६ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ३२ पैसा र बिक्री दर १३४ रुपैयाँ ९९ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १४ पैसा र बिक्री दर १६२ रुपैयाँ ९४ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२ रुपैयाँ ३७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८  रुपैयाँ ५० पैसा र बिक्री दर ८८ रुपैयाँ  ९४ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ९३ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ४१ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४७ पैसा र बिक्री दर १० रुपैयाँ ५२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १९ रुपैयाँ १७ पैसा र बिक्री दर १९ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिद दर ३२ रुपैँया २९ पैसा र बिक्री दर ३२ रुपैयाँ ४५ पैसा  छ भने कतारी रियाल  एकको खरिद दर ३३ रुपैयाँ २८   पैसा र बिक्री दर ३३ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ९४ पैसा छ भने बिक्री दर २९ रुपैयाँ आठ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  १० रुपैयाँ तिन पैसा  र बिक्री दर १० रुपैयाँ आठ पैसा कायम भएको छ ।
 

Logo