वायुसेवा निगमलाई साउदी अरेबियामा उडान अनुमति

वायुसेवा निगमलाई साउदी अरेबियामा उडान अनुमति


नेपाल वायुसेवा निगमले साउदी अरेबियामा आगामी अप्रिलबाट व्यवसायिक उडान भर्ने भएको छ ।

साउदी अरेबियाको जेनेरल अथोरिटी अफ सिभिल एभिएसन (जीएसीए)ले आइतबार वायुसेवा निगमलाई उडान अनुमति दिनेबारे सहमति जनाएको हो ।

सो बारेको औपचारिक जानकारी जीएसीएले कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई गराएको वायुसेवा निगमले जनाएको छ । योसँगै अब राष्ट्रिय झण्डाबाहक जहाजले काठमाडौंबाट रियाद, दमाम र जेद्‍दामा उडान गर्नेछ ।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काका अनुसार, व्यवसायिक योजना अनुरुप काठमाडौं-रियाद-काठमाडौं साताको तीन वटा उडान हुनेछ । 

Logo