नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट हुने

नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार बाँडफाँट हुने


नेष्डो समृद्ध लघुवित्तको साधारण शेयर (आईपीओ) मंगलबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइतबार आईपीओ प्रिअलमेन्ट सम्पन्न भइसकेको र भोलि बाँडफाँट गर्ने तयारी गरेको हो।

लघुवित्तले फागुन ११ गतेदेखि १५ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन तथा विक्री खुला गरेको थियो ।

लघुवित्तले कुल जारी शेयरमध्ये १२ हजार ७५० कित्ता शेयर कर्मचारीहरुका लागि र ४१ हजार ४३७ कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको थियो। बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो।

Logo