बुढानीलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम

बुढानीलकण्ठमा डिशहोम फाईवरनेटको सह–वितरण सोरुम


नेपालभर डिटिएच र इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाईवरनेटले हात्तीगौडा, बुढानीलकण्ठमा सह–वितरण सोरुमको शुभारम्भ गरेको छ।

आइतबारदेखि डिशहोम फाईवरनेट विक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको सो सोरुमको सिएम ट्रेडिङ्ग अन्तर्गत रहेको लक्की ग्यालरीले संचालन  गर्नेछ। 

सोरुम उद्घाटनमा डिशहोमका तर्फवाट क्षेत्रीय बिक्री प्रबन्धक उज्वल न्यौपाने, सेल्स अफिसर मदन सापकोटा, सागरनारायण जोशी, र्माेकेटिङ्ग अफिसर अनिल ठाकुर र सिएम ट्रेडिङ्गका तर्फबाट गोपालमान श्रेष्ठ, सेल्स अफिसर प्रकाश श्रेष्ठ र बिक्रम लामाको उपस्थितीमा सम्पन्न भएको थियो ।

लक्की ग्यालरीले विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरि डिशहोमको डिटिएच सेवा, ग्राहकहरु माझ पुर्याउँदै आएकाले अब डिशहोम फाईवरनेट बिक्री र बिक्रीपछिको सेवा पनि गर्नेछ। 

१ हजारभन्दा धेरै ग्राहकलाई डिशहोम फाईवरनेटको सेवा उपलब्ध गराईसकेको लक्की ग्यालरी अब अझ बढी ग्राहकहरुमाझ पुग्ने लक्ष्यका साथ काम गर्ने लक्की ग्यालरी संचालक राजन श्रेष्ठले जानकारी दिए।

Logo