एकल जीवन बीमा पोलिसीको अंश न्युन (प्रदेशगत विवरण)

एकल जीवन बीमा पोलिसीको अंश न्युन (प्रदेशगत विवरण)


चालू आर्थिक वर्ष २०७८/७९ को ७ महिनासम्मको अवधिमा ७ वटा प्रदेशका जीवन बीमा व्यवसायीहरुले कुल ११ खर्ब ८ अर्ब ६६ करोड बीमा शुल्क आर्जन गरेका छन्। बीमा समितिले सार्वजनिक गरेको ७ महिनासम्मको तथ्यांक अनुसार जीवन बीमा व्यवसायीहरुले गरेको व्यवसायमा यस्तो देखिएको हो। 

चालू आवको माघ महिनामा मात्र ७ प्रदेशका जीवन बीमा व्यवसायीहरुले कुल १० अर्ब ३८ करोड बीमाशुल्क आर्जन गरेका हुन्। सबैभन्दा बढी सावधिक जीवन बीमामा सर्वसाधारणको आकर्षण बढ्दो देखिन्छ। माघ महिनामा यो जीवन बीमा व्यवसाय गर्ने व्यवसायीहरुले ७ वटा प्रदेशमार्फत कुल ३ अर्ब ४८ करोडको बीमा शुल्क आर्जन गरेका हुन् । 

सबैभन्दा बढी बाग्मती प्रदेशमा १ अर्ब ६३ करोडको सावधिक जीवन बीमालेख भएको छ भने सबैभन्दा कम कर्णाली प्रदेशमा १२ करोड बीमा शुल्क आर्जन भएको छ। 

त्यसैगरि, चालू आवको माघ महिनामा सबैभन्दा कम एकल बीमा शुल्क जीवन बीमामा आकर्षण कम देखिएको छ । समितिको तथ्यांक अनुसार माघ महिनामा यो पोलिसी अन्तर्गत बीमा कम्पनीहरुले कुल १० करोड बीमा शुल्क आर्जन गरेका हुन्। 

१.सावधिक जीवन बीमालेख
बीमा समितिको तथ्याङ्क अनुसार माघ महिनामा यो बीमालेख मार्फत कम्पनीहरुले प्रदेश नं.१ बाट ३७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । मधेश प्रदेशबाट २४ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट १ अर्ब ६३ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट ४१ करोड रुपैयाँ, लुम्बिनी प्रदेशबाट ५० करोड ४० लाख रुपैयाँ, कर्णाली प्रदेशबाट १२ करोड ९६ लाख र सुदुरपश्चिम प्रदेशबाट १७ करोड ७६ लाख गरि कुल ३ अर्ब ४८ करोड १७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। 

२. अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख
यो पोलिसी मार्फत जीवन बीमा कम्पनीहरुले प्रदेश न. १ बाट ४५ करोड रुपैयाँ, मधेश प्रदेशबाट २३ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट १ अर्ब ८ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट ३० करोड रुपैयाँ, लुम्बिनी प्रदेशबाट ४५ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट १८ करोड रुपैयाँ र सुदुपश्चिम प्रदेशबाट १४ करोड रुपैयाँ गरि कुल २ अर्ब ८६ करोड ८३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

३) रुपान्तरित सावधिक जीवन बीमालेख
यस बीमालेख मार्फत जीवन बीमा कम्पनीहरुले प्रदेश नं १ बाट १५ करोड रुपैयाँ, मधेश प्रदेशबाट २८ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट ५६ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट १३ करोड रुपैयाँ, लुम्बिनी प्रदेशबाट १ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ३ करोड रुपैयाँ र सुदुपश्चिम प्रदेशबाट ४ करोड रुपैयाँ गरि कुल १ अर्ब ४४ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

४) बालबच्चा सम्बन्धी सावधिक जीवन बीमालेख
यस बीमालेख मार्फत जीवन बीमा कम्पनीहरुले प्रदेश नं १ बाट २१ करोड रुपैयाँ, मधेश प्रदेशबाट १२ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट ५६ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट १७ करोड रुपैयाँ, लुम्बिनी प्रदेशबाट २९ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ९ करोड रुपैयाँ र सुदुरपश्चिम प्रदेशबाट १३ करोड रुपैयाँ गरि कुल १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

५) वैदेशिक रोजगार म्यादी जीवन बीमालेख
बैदेशिक रोजगार म्यादी बीमालेख मार्फत जीवन बीमा कम्पनीहरुले बाग्मती प्रदेशबाट मात्रै बीमा पोलिसी विक्री गरेका छन्। यस प्रदेशबाट बीमालेख मार्फत कम्पनीहरुले कुल १७ करोड ५८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन्। 

६) आजीवन बीमालेख
यस बीमालेख मार्फत प्रदेश नं १ बाट ४ करोड रुपैयाँ, मधेश प्रदेशबाट ६ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट ६ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट ४ करोड रुपैयाँ, लुम्बिनी प्रदेशबाट ७ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट २ करोड रुपैयाँ र सुदुपश्चिम प्रदेशबाट १ करोड रुपैयाँ गरि कुल ३३ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

७) एकल बीमा शुल्क जीवन बीमालेख
कम्पनीहरुले यस बीमालेख मार्फत प्रदेश नं १ बाट १ करोड रुपैयाँ, मधेश प्रदेशबाट १ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट ३ करोड रुपैयाँ, गण्डकी प्रदेशबाट रुपैयाँ, लुम्बिनी प्रदेशबाट २ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ७ लाख रुपैयाँ र सुदुपश्चिमबाट १ करोड १६ लाख रुपैयाँ गरि कुल १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

८) म्यादी जीवन बीमालेख
यस बीमालेख मार्फत संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले प्रदेश नं १ बाट ३ करोड रुपैयाँ, मधेश प्रदेशबाट १८ लाख रुपैयाँ, बाग्मती प्रदेशबाट १० करोड रुपैयाँ, गण्डकी प्रदेशबाट ८० लाख रुपैयाँ, लुम्बिनी प्रदेशबाट २ करोड रुपैयाँ, कर्णाली प्रदेशबाट ११ लाख रुपैयाँ र सुदुपश्चिमबाट ६ करोड गरि कुल १७ करोड ३७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

९) लघु जीवन बीमालेख
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले यस बीमालेख मार्फत प्रदेश नं १ बाट ७५ करोड, मधेश प्रदेशबाट ५१ करोड रुपैयाँ, बाग्मती प्रदेशबाट १२ करोड ७० लाख, गण्डकी प्रदेशबाट १ करोड ९० लाख, लुम्बिनी प्रदेशबाट २ करोड ६४ लाख, कर्णाली प्रदेशबाट ६२ करोड र सुदुपश्चिम प्रदेशबाट ५८ करोड गरि कुल १९ करोड ७३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

Logo