स्थानीय जनताको जीवनस्तर उकास्न एनआईशी एशियाको ‘सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता’

स्थानीय जनताको जीवनस्तर उकास्न एनआईशी एशियाको ‘सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता’


देशका विभिन्न स्थानीय निकायहरूमा रहेका नागरिकहरूको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षालाई समुचित पहिचान गरी उनीहरूको आर्थिकस्तर उकास्न आफ्नो उत्तरदायित्व सम्झँदै एन आई सी एशिया बैंकले ‘सर्वश्रेष्ठ स्थानीय बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक गरेको छ । 

यस बैंक खाता खोलेर ब्याजको सीमित फाइदा मात्रै लिने मान्यतालाई पछाडि छाड्दै बैंकले स्थानीयस्तरमै रहेका नागरिकहरूलाई चौतफी फाइदा लिने अवसर प्रदान गर्न लागेको हो । यस खाताको गुडविल एम्बेसडर श्रेणीमा खाता खोल्ने ग्राहकहरूले न्यूनतम रु.१०,००० मौज्दातमा सर्वाधिक उच्च ब्याजदर, पाँच वर्षसम्म रु.८४ लाखसम्मको तीन बीमा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू, तीन कर्जा सम्बन्धी सर्वश्रेष्ठ फाइदाहरू र १८ अन्य अतुलनीय सर्वश्रेष्ठ फाइदाहरू गरी कुल २४ सर्वश्रेष्ठ फाइदाहरू प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस श्रेणीमा खातावालाका अलावा निजले मनोनीत परिवारकै सदस्य वा अन्य मनोनीत ३ व्यक्तिहरूको समेत पाँच वर्षको लागि प्रतिव्यक्ति रु. २१ लाख रुपैयाँसम्मको बीमा सुरक्षणको सुनिश्चितता गरिएको छ ।

यस किसिमको योजनाबाट स्थानीय स्तरका जनताहरूको आर्थिक एवं सामाजिक उन्नति हुनेमा बैंक विश्वस्त रहेको छ । साथै यस प्रकारको खाता खोल्दा बैंकमा कुनै पनि प्रकारको शुल्क नलाग्ने फाइदाको अलावा ५ वर्षसम्म १८ सेवा तथा सुविधा निःशुल्क रहेका छन् । जसमा बैंकले ग्राहकहरूले डिम्याट खाता र मेरो शेयर शुल्क ५ वर्षका लागि निःशुल्क उपलब्ध गराउँदै आएको छ । न्यस्तै पोर्टफोलियो म्यानेजमेन्ट सेवा शुल्क समेत ५ वर्षका लागि ५० प्रतिशत छुट उपलब्ध गराउँदै आएको छ । त्यस्तै डेबिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्रेडिट कार्ड वार्षिक शुल्क, प्रिपेड डलर कार्ड, ई–कमर्श सुचारु, लकर शुल्क लगायतका सेवा समेत ५ वर्षका लागि निःशुल्क उपलब्ध गराएको छ । यसका अतिरिक्त पनि ग्राहकहरूले बैंकबाट लाभ लिन सक्ने छन् । 

यस खातामार्फत बैंकले अझ बढी समाज र राष्ट्र माथि सामाजिक उत्तरदायित्व वहन गर्दै स्थानीयस्तरका जनताको आर्थिकस्तर सुधार्न प्रयास गरेको बैंकका सिइओ रोशन कुमार न्यौपाने बताउँछन् । ‘हामीले स्थानीय क्षेत्र भित्र बसोबास गर्दै आउनुभएका आम स्थानीय जनसमुदायहरूलाई उहाँहरूको दैनिक आर्थिक क्रियाकलापमा सहजता ल्याउने एवं आर्थिक उन्नति एवं भलाइको उद्देश्यका साथ हामी स्थानीय निकायहरूसँग यस अघि गरिएको हातेमालोलाई अझ बढी फराकिलो पार्दै विभिन्नस्थानीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूमा हाम्रो अतुलनीय फाइदाहरू रहेको सर्वश्रेष्ठ स्थानीय बचत खाता सञ्चालन गरेका हौँ,’ उनले भने ।

सर्वश्रेष्ठ स्थानीय बचत खाता अन्तर्गत रहेका फाइदाहरुः

सर्वश्रेष्ठ (स्थानीय) मुद्दती खाता

त्यसै गरी बैंकले सर्वश्रेष्ठ स्थानीय बचत खातासँग सर्वश्रेष्ठ स्थानीय मुद्दती खातासमेत सञ्चालनमा ल्याएको छ । उक्त मुद्दती खातामा प्राप्त हुने न्यूनतम मौज्दात १० लाख एवं ब्याजदर वार्षिक ११.०३ प्रतिशत रहेको छ । त्यस्तै मौज्दातको अवधि ३ महिना देखि १० वर्षसम्म रहने बैंकले जानकारी दिएको छ ।  मुद्दती खातामा प्राप्त हुने अन्य फाइदाहरू माथि उल्लेखित बचत खाताको श्रेणी अनुसार नै रहनेसमेत बैंकले प्रस्ट पारेको छ ।

 

Logo