साताको सुन बजारः याे हप्ता सुनको मूल्य ३२०० ले बढ्यो

साताको सुन बजारः याे हप्ता सुनको मूल्य ३२०० ले बढ्यो


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला ३२०० ले बढेको छ। यस्तै चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ।  

साताको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला दुई हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर एक लाख एक हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि गत साताको अन्तिम दिन शुक्रबार छापावाल सुन तोलाको ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, आइतबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ४०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि प्रतितोला ३५ रुपैँयाँले बढेको छ। शुक्रबार १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ।

साताको दोस्रो दिन सोमबार पनि नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला १ लाख १ हजार ९०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोला १ हजार १०० रुपैयाँले बढेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ । यस्तै तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ । 

यता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आइतबारको तुलनामा सोमबार १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४२५ रुपैयाँ कायम भएको छ। 

सुनको मूल्य मंगलबार स्थिर थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख तीन हजार रुपैयाँ कायम भएको छ। यसअघि सोमबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमै कारोबार भएको थियो।

यसैगरी, मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख दुई हजार ५०० रुपैयाँ निर्धारण गरियो। 
चाँदीको मूल्यमा भने तोलमा १५ रुपैयाँले घटेको छ। सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार ४१० रुपैयाँ निर्धारण भएको छ।

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला दुई हजार पाँच सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको भाउ तोलाको एक लाख पाँच हजार पाँच सय रुपैयाँ कायम भयो ।

मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य तोलाको एक लाख पाँच हजार रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । मंगलबार एक हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार एक हजार ४५० रुपैयाँ कायम भएको छ।

सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बिहीबार तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ।  

चाँदीको मूल्यमा पनि प्रतितोलामा ४५ रुपैयाँले घटेको छ। बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ।

सुनको मूल्य शुक्रबार तोलामा ६ सयले बढेको छ। बिहीबार तीन हजार ५०० रुपैयाँले घटेको सुन शुक्रबार ६ सयले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ६ रुपैयाँ कायम भएको छ।

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार १०० रुपैयाँ निर्धारण भएको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी  एक हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो ।

Logo