मिस्टर नेपालको अडिसन सुरु

मिस्टर नेपालको अडिसन सुरु


नेपालमा फेसन तथा मनोरञ्जन उद्योगलाई सरकारले सहयोग गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । 

शनिवार काठमाण्डौमा अडिसन सुरु भएको मिस्टर नेपाल २०२२ का आयोजक रवि धमलाले फेसन तथा मनोरञ्जनका राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरे नेपाली ब्याबसायीलाई नै सहयोग पुग्ने बताए । 

कोभिड पछि खुल्दै  गरेको बजार र ब्याबसायमा सरकारको सहयोग भए ब्याबसायीहरुको मनोबल उच्च हुने बताए । उनले अन्य छिमेकी देशहरुमा राष्ट्रिय स्तरका कार्यक्रमहरुमा सरकारले सहयोग गरिरहेको उल्लेख गर्दै नेपालमा पनि यस किसिमका सहयोग सरकारबाट आउनु पर्ने बताए ।  आयोजक धमलाले मिस्टर नेपालले नेपाललाई विश्वभर चिनाउने र यस पटक मिस्टर नेपालले मिस्टर वल्र्डको बाटो खुला गरेको पनि बताउनु बताए । 

आयोजक धमलाले भने, ‘मिस्टर नेपाल २०२२ लाई हामीले राष्ट्रिय स्तरबाट पनि केही गभर्मेण्टको सपोर्टहरु भइदियो भने सहज हुन्थ्यो । छिमेकी राष्ट्र भारत, चीन, कोरिया लगायतका देशमा सरकारको तर्फबाट राष्ट्रिय लेभलको प्रतियोगिताहरुलाई सिधा सरकारले सहयोग गरिरहेको हुन्छ । नेपालमा यस खालको अप्रोच नभएको मैले देखिरहेको छु । यो प्रोग्रामले विश्वभर नेपाललाई चिनाउँछ, यसलाई सहयोग गर्न नेपाल सरकारबाट पनि केही हामीलाई सहयोग होस् भन्ने अपेक्षा गरेका छौँ । यसले यो कार्यक्रम गर्ने मान्छेलाई पनि उर्जा आउँथ्यो ।’

मिस्टर नेपालले आजबाट मिस्टर नेपालको अडिशन शुरु गरेको छ । काठमाडौंबाट शुरु भएको अडिशन देशभर गर्ने आयोजक आयोजकले नजाएको छ ।  

Logo