सेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि निरन्तर

सेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि निरन्तर


सेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि कायम रहेकाे छ। आज १९.६५ अंकले घट्दै नेप्से परिसूचक २६३१ अंकमा झरेको छ। 

त्यस्तै कारोबार रकममा पनि आज कमी आएको छ। मंगलबार ३ अर्ब ३६ करोड रुपैयाँको कारोबार भएकोमा बुधबार २ अर्ब ५७ करोड मात्र काराेबार भएकाे छ।

बुधबार होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंकले बढेकाे छ। बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटेकाे छ। 

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशतले बढ्यो।

नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा अगाडि रहे।

Skip This
Logo