साताकाे शेयर बजार : समग्रमा नेप्से ६४.२१ अंकले बढ्यो

साताकाे शेयर बजार : समग्रमा नेप्से ६४.२१ अंकले बढ्यो


यस हप्ता शेयर बजारमा उतार चढाव कायमै रह्यो । चार दिन खुलेको कारोबारमा दुई दिन घट्यो भने दुई दिन बढेको छ। अन्तिम दिन बिहीबार होलीको बिदा भएकाले कारोबार भएन । समग्रमा ६४.२१ अंकले नेप्से बढेको छ। अघिल्लो हप्ताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेर नेप्से २ हजार ५६६ दशमलव ७९ बिन्दुमा पुगेको थियो । यस हप्ताको अन्तिम कारोबार दिन २ हजार ६३१ अंकमा पुगेको छ ।

कारोबार हुने साताको पहिलो दिन आइतबार शेयर बजार सकारात्मक देखिएको छ। साताको अन्तिम दिन ५२ दशमलव २१ अंकले बढेको बजार आइतबार १०१ दशमलव ०७ अंकले बढेर २ हजार ६६७ दशमलव ९७ बिन्दुमा पुगेको थियो । 

आइतबार २२८ वटा धितोपत्रको ९० लाख २२ हजार ८९० कित्ता शेयर खरिद बिक्री भयो । जसबाट ४ अर्ब ८७ करोड ७ लाख १५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

आइतबार सबै समूहको परिसूचकमा हरियाली छाएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको ६ दशमलव ९४ प्रतिशतले बढेको हो । आइतबार ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । शेयरमूल्य सर्किट लाग्ने कम्पनीमा एसियन लाइफ इन्स्योरेन्स, ज्योति लाइफ इन्स्योरेन्स, सानिमा लाइफ, इमर्जिङ नेपाल र कर्पोरेट डेभलपमेन्ट बैंक रहेका छन् ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्टको ३४ करोड ३६ लाख ५० हजार ९५४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो । 
 
कारोबार हुने साताको दोस्रो दिन सोमबार नेप्से झिनो अंकले वृद्धि भएको छ । आइतबार १०१ दशमलव ०७ अंकले बढेको बजार सोमबार बजार खुल्दा उच्च गतिमा बढे पनि अन्तिममा ० दशमलव १५ अंकले मात्र बढेर २ हजार ६६८ दशमलव ११ बिन्दुमा पुगेको हो । 

सोमबार २२० वटा धितोपत्रको २३ लाख ४९ हजार कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट १ अर्ब ३४ करोड २२ लाख ३२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

सोमबार १३ वटा समूहमध्ये ६ वटा समूहको परिसूचक बढेको छ भने बाँकी ७ वटा समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी जीवन बीमा समूहको १ दशमलव ०८ प्रतिशतले बढेको हो । 

कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ६५ लाख १७ हजार ३०८ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

कारोबार हुने साताको तेस्रो दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकले बढेको बजार १७ दशमलव १५ अंकले घटेर २ हजार ६५० दशमलव ९७ विन्दुमा झरेको हो । 

मंगलबार २२९ वटा धितोपत्रको ६५ लाख २९ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट ३ अर्ब ३६ करोड ४२ लाख २९ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

मंगलबार १३ वटा समूहमध्ये ४ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको छ । सबैभन्दा बढी होटल एण्ड टुरिजम समूहको ३ दशमलव १६ प्रतिशतले बढेको हो । इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमको आधारमा नेपाल दुरसञ्चार कम्पनीको ३४ करोड २३ लाख ५७ हजार १९४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

शेयर बजारको परिसूचक ओरालो लाग्ने क्रम बुधबार पनि कायम रहेको छ । १९.६५ अंकले घट्दै नेप्से परिसूचक २६३१ अंकमा झरेको छ । त्यस्तै कारोबार रकममा पनि कमी आएको छ । बुधबार २ अर्ब ५७ करोड मात्र कारोबार भएको छ ।

बुधबार होटल तथा पर्यटन ६६ र निर्जीवन बीमा उपसमूह ७७ अंकले बढेको छ । बैंकिङ ११, ब्यापार ३६, विकास बैंक ६०, जलविद्युत ३३, फाइनान्स २९, उत्पादन ४४, अन्य ५७, माइक्रोफाइनान्स ९ र जीवन बीमा उपसमूह ५७ अंकले घटेको छ । 

इमर्जिङ नेपालको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढ्यो भने मैलुङखोलाको मूल्य ६ तथा सोल्टी होटलको ४ प्रतिशतले बढ्यो । नेपाल टेलिकम, गरिमा विकास बैंक, अपी पावर, नेपाल लाइफ इन्स्योरेन्स र हिमालयन डिस्टिलरी कारोबार रकमका आधारमा अगाडि रहे ।

बिहीबार होलीको सार्वजनिक बिदाका कारण कारोबार बन्द भयो । 

Logo