साताको सुन बजारः समग्रमा २८०० ले घट्यो सुनको मूल्य

साताको सुन बजारः समग्रमा २८०० ले घट्यो सुनको मूल्य


यस हप्ता नेपाली बजारमा सुनचाँदीको मूल्यमा उतार चढाव कायमै रह्यो। आइतबारदेखि शुक्रबारसम्म भएको कारोबारमा समग्रमा सुन प्रतितोला २८०० ले घटेको छ। यस्तै चाँदीको मूल्य ३० रुपैयाँले घटेको छ ।  

साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको २०० रुपैयाँले बढेर १ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि, गत साताको अन्तिम दिन शुक्रबार सुन तोलाको १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।  

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । शुक्रबार एक हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४२५ रुपैयाँ निर्धारण भएको छ।

सुनको भाउ सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ। 

यसअघि, आइतबार सुन तोलाको १ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख १ हजार ८ सय रुपैयाँ तोकिएको छ ।  
चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।

सुनको भाउ मंगलबार तोलामा १८ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा मंगलबार १ लाख ५ सयमा कारोबार भइरहेको छ । 

तेजावी सुनको भाउ तोलाको एक लाख तोकिएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा ३५ रुपैयाँले घटेको छ । सोमबार १ हजार ४१५ रुपैयाँमा निर्धारण भएको चाँदी मंगलबार १ हजार ३८० कायम भएको छ ।

सुनको भाउ बुधबार तोलामा १२ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको १ लाख ५ सयमा कारोबार भएकोमा बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको हो ।

सोमबार छापावाल सुनको भाउ तोलाको १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुनको भाउ तोलाको ९८ हजार ८०० तोकिएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । बुधबार चाँदीको मूल्य १ हजार ३७० कायम भएको छ ।

बिहीबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ८ सयमा कारोबार भएको हो ।यस अघि बुधबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

बिहीबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ ।  

चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य १ हजार ३७० कायम भएकोमा बिहीबार १ हजार ३९० मा कारोबार भएको छ ।

शुक्रबार सुनको भाउ स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन ९९ हजार ८ सयमा कारोबार भएकोमा शुक्रबार ९९ हजार ८ सयमै कारोबार भएको छ ।

शुक्रबार तेजावी सुनको भाउ तोलाको ९९ हजार ३०० तोकिएको छ ।  

चाँदीको भाउ प्रतितोलामा ५ रुपैयाँले घटेको छ । बिहीबार चाँदीको मूल्य १ हजार ३७० कायम भएकोमा शुक्रबार १ हजार ३८५ मा कारोबार भएको छ ।

Logo