विदेशबाट फर्केर गाईपालन, दैनिक १६० लिटर दुध बिक्री

विदेशबाट फर्केर गाईपालन, दैनिक १६० लिटर दुध बिक्री


विदेशबाट फर्किएर तनहुँका एक युवकले होलेस्टेन र जर्सी जातका उन्नत गाई पालेर दुध बिक्री गरि राम्रो आम्दानी गर्दै आएका छन्। 

वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया गएका व्यास नगरपालिका–११ सेरा निवासी रमेशप्रसाद आचार्य स्वदेश फर्किएर गाईपालनमा लागेका हुन् । स्नातक पास गरेका उनी जागिरभन्दा आफ्नै स्वतन्त्र पेसा राम्रो लागेर गाईपालनमा लागेको बताउँछन् । तीन वर्षको मलेसिया बसाइमा सन्तोषजनक कमाई भए पनि स्वदेशमै बसेर केही गरौँ भन्ने मनसायले फर्किएर गाईपालन व्यवसाय थालेको आचार्यको भनाइ छ। 
    
सुरुमा एक/दुईवटा गाईबाट व्यवसाय सुरु गरेका उनले थप्दै गएर अहिले सातवटा गाई पुर्याएका र अझै केही गाई थप्ने योजनामा छन् । दैनिक १६० लिटर दुध उपभोक्ताको घरघरमा पुगेर बिक्री गर्दै आएको छु । आचार्य भन्छन्, “एक सय लिटर अन्यत्र कृषकबाट र साठी लिटर आफ्नो फार्मबाट उत्पादित दुध बिक्री गर्दै आएको छु।” 

आफ्नो बारीको घाँसले मात्रै नपुगेपछि जग्गा भाडामा लिएर वार्षिक तीस हजार बुझाउँदै आएका  उनी सबै लागत खर्च कटाएर मासिक कम्तीमा पचास हजार कमाउँदै आएको र अन्य कुनै निकायबाट अनुदान नपाएको बताउँछन्। तीन रोपनी जमिनमा मौसमअनुसार तरकारी खेती गरेर राम्रो कमाई पनि गर्दै आएका आचार्यले काँक्रो, लौका, घिरौँला, फर्सी, भिन्डीलगायत तरकारी खेतीबाट राम्रो कमाई भइरहको बताए। 

Skip This
Logo