२० दशमलव ३४ अंकले घट्यो शेयर बजार, २ अर्ब ४ करोडको कारोबार

२० दशमलव ३४ अंकले घट्यो शेयर बजार, २ अर्ब ४ करोडको कारोबार


कारोबार हुने साताको चौथो दिन बुधवार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार र मंगलबार निरन्तर दोहोरो अंकले बढेको बजार आज २० दशमलव ३४ अंकले घटेर २ हजार ६३० दशमलव ३६ विन्दुमा झरेको हो । 

बुधवार २२६ वटा धितोपत्रको ३९ लाख ८५ हजार कित्ता शेयर खरिद बिक्री भएको छ । जसबाट २ अर्ब ४ करोड ६३ लाख ५२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

त्यस्तै, १३ वटा समूहमध्ये व्यापार समूह र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घटेको छ भने राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपालको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमको आधारमा एनआइसी एसिया बैंकको ८ करोड ४१ लाख ९४ हजार ६३९ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो ।  

Logo