बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि

बीमा कम्पनीको चुक्ता पूँजी वृद्धि


बीमा कम्पनीको चुक्ता पुँजी वृद्धि गरि जीवन बीमा कम्पनीको चुक्ता पूँजी पाँच अर्ब र निर्जिवन बीमा कम्पनीको चुक्ता पूँजी साढे दुई अर्ब पुर्याइएको छ। 

समितिको बिहीबार बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्धि गर्दा समग्रमा नेटवर्थ बढाइ सोअनुरुप कम्पनीको जोखिम बहन क्षमता बढाइने र कम्पनी आपसमा गाभिन अनुकूल वातावरण सिर्जना हुने बताइएको छ। 

ठूलो पूँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न, ठूलो पूँजी कायम गरि कम्पनीबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण तयार गर्न र जोखिममा आधारित पूँजीसँग सामञ्जस्यता हुने गरि चुक्ता पूँजी कायम गर्न पूँजी वृद्धिको निर्णय गरिएको समितिले जनाएको छ।   

चुक्ता पूँजी आगामी वर्ष चैतसम्ममा कायम गरिसक्नु पर्ने र निर्धारित पूँजी सो समयावधिभित्रमा पुर्याउन नसक्ने कम्पनीले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्नेसम्बन्धी निर्देशिका, २०७६’ अनुसार हुने गरेर पूँजी कायम गर्नुपर्ने उल्लेख छ । कम्पनीले ३० दिनभित्र आफ्नो पूँजी योजना सम्बन्धित बोर्डबाट निर्णय गराई समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Logo