४०० रुपैयाँले घट्यो सुनको मूल्य

४०० रुपैयाँले घट्यो सुनको मूल्य


बुधबार (आज) नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ९९ हजार २०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ९८ हजार ८०० रुपैयाँ कायम भएको छ। 

तेजाबी सुनको मूल्य ९८ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य पनि मंगलबारको तुलनामा १० रुपैयाँले घटेर १ हजार ३६० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। 

Logo