निसानकाे म्याग्नाइट र इलेक्ट्रिक कार लिफ महँगियाे, नयाँ मूल्य कति ?

निसानकाे म्याग्नाइट र इलेक्ट्रिक कार लिफ महँगियाे, नयाँ मूल्य कति ?


निसानको लोकप्रिय एसयूभी म्याग्नाइट र इलेक्ट्रिक कार लिफ थप महँगो भएको छ। नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले म्याग्नाइटमा ८५ हजारदेखि १ लाख रुपैयाँसम्म र लिफमा ३ लाख रुपैयाँले मूल्य बढाएपछि यी गाडी महँगिएका हुन् ।

नन् टर्वोमा कुल ६ वटा मोडल उपलब्ध रहेको म्याग्नाइटको २ वटा भेरियन्ट एक्सभी अप्पर डुअल र एक्सभी प्रिमियम डुअलमा ८५ हजार रुपैयाँका दरले बढाइएको छ। यसअघि ३७ लाख ४९ हजार र ४० लाख ९९ हजार रुपैँयाँमा बिक्री हुँदै आएको यी एसयुभीको नयाँ मूल्य क्रमशः ३८ लाख ३४ हजार र ४१ लाख ८५ हजार रुपैयाँ पुगेको छ।

अन्य ४ भेरियन्टहरु एक्सई वेस, एक्सएल मिड, एक्सभी अप्पर मोनो र एक्सभी प्रिमियम मोनोमा भने १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ । यसअघि ३० लाख ९९ हजार, ३४ लाख ९९ हजार, ३७ लाख ९९ हजार र ४० लाख ४९ हजार रुपैयाँमा बिक्री गरिँदै आएको यी भेरियन्टको नयाँ मूल्य क्रमशः ३१ लाख ९९ हजार, ३५ लाख ९९ हजार, ३८ लाख ९९ हजार र ४१ लाख ४९ हजार रुपैयाँ कायम गरिएको छ ।

यसैगरी टर्वो इन्जिनमा पनि २ वटा भेरियन्टमा ८५ हजार र बाँकी ३ भेरियन्टमा १ लाख रुपैयाँका दरले मूल्य बढाइएको छ। यसअघि ४२ लाख ४९ हजार रुपैयाँमा बिक्री गरिँदै आएको एक्सभी अप्पर डुअलको मूल्य ४३ लाख ३४ हजार र ४५ लाख ४९ हजार रुपैयाँ पर्ने एक्सभी प्रिमियम डुअलको मूल्य बढाएर ४६ लाख ३४ हजार पुर्याइएको छ। 

बाँकी तीन भेरियन्टको नयाँ मूल्य भने एक्सएल मिडको ३९ लाख ९९ हजार, एक्सभी अप्पर मोनोको ४२ लाख ९९ हजार र एक्सभी प्रिमियम मोनोको ४५ लाख ९९ हजार रुपैयाँ पुगेको छ। यी भेरियन्टमा १ लाख रुपैयाँका दरले मूल्य बढेको हो।

गत सेप्टेम्बर महिनामा नेपाल भित्रिएको इलेक्ट्रिक कार लिफमा भने एकैपटक ३ लाख रुपैयाँ बृद्धि गरिएको छ। यससँगै यसअघि ५९ लाख ९९ हजार रुपैयाँमा बिक्री हुँदै आएको यो कारको नयाँ मूल्य ६२ लाख ९९ हजार रुपैयाँ पुगेको छ।

Logo