प्रेसिन्डेन्सियल बिजनेश स्कूलको ५ औँ दीक्षान्त समारोह सम्पन्न

प्रेसिन्डेन्सियल बिजनेश स्कूलको ५ औँ दीक्षान्त समारोह सम्पन्न


अमेरिकाको वेष्टक्लिफ युनिभर्सिटबाट सम्बन्धन प्राप्त प्रेसिन्डेन्सियल बिजनेश स्कूलको ५ औँ दीक्षान्त समारोह सम्पन्न भएको छ । विद्यार्थीको गुणात्मक क्षमता अभिवृद्धिमा विशेष ध्यान दिँदै आएको यस कलेजले दरबारमार्ग स्थित होटल याक एण्ड यतीमा एक कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरूलाई दीक्षित गरेको हो । 

कार्यक्रमका प्रमुख अतिथि तथा उपराष्ट्रपति नन्दबहादुर पुनले विद्यार्थीहरूलाई दीक्षित भएको प्रमाण पत्र हस्तान्तरण गरेका थिए ।

कलेजका संस्थापक लक्ष्मण केसीले मास्टर्स सकेका विद्यार्थीहरूलाई अझै पनि पढाइलाई निरन्तरता दिन आग्रह गरेका छन् । ‘आज पढेर सके भनेका विद्यार्थीहरू अबको ५ वर्ष पछि अनएजुकेटेड जस्तै हुन्छ । पढाइको अन्त्य कहिल्यै हुँदैन । सिक्ने कामलाई निरन्तरता दिनुहोला ।’

त्यस्तै कलेजकी प्रधानाध्यापक कल्पना गुरुङले विद्यार्थीहरूले आफ्नो कडा मिहेनतको फल पाएको र यसमा गर्भ गर्नुपर्ने बताएकी छन् । उनले भनिन् ‘यो तपाइहरूको मिहेनतको फल हो यसमा गर्भ गर्नुहोस् ।’

यस बिजनेस स्कुलमा विशेषगरि ब्याचलर्स र मास्टर्स तर्फ व्यवस्थापन र आई.टी विषयमा अन्तर्राष्ट्रियस्तरको अध्ययन हुने गरेको छ।  यस कलेजले विद्यार्थीहरूका लागि नेपालमै अध्ययन गरेर विदेशी डिग्री लिन सम्भव बनाइदिएको छ। 

Logo