चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा

चोभार सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा


काठमाडौंको चोभारमा निर्माण गरिएको सुख्खा बन्दरगाह आजबाट सञ्चालनमा आएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच सुख्खा बन्दरगाहको उद्घाटन गरेका हुन् । 

२०७५ सालबाट चोभार सुख्खा बन्दरगाहको निर्माण कार्य सुरु गरिएको थियो । सुख्खा बन्दरगाह विश्व बैंकको एक अर्ब ८० करोड ऋण सहयोगमा २२० रोपनी जग्गामा निर्माण गरिएको हो । 

विश्व बैंक र नेपाल सरकारबीच सन् २०१३ मा सुख्खा बन्दरगाह निर्माण गर्ने सम्बन्धमा सहमति भएको थियो । 

निर्माण कार्य सन् २०१९ सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख भए पनि स्थानीयको अवरोध र कोरोना महामारीका कारण निर्माण अवधि लम्बिएको थियो । 

Logo