नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ९९ करोडको कारोबार

नेप्सेमा दोहोरो अंकको गिरावट, १ अर्ब ९९ करोडको कारोबार


कारोबार हुने साताको चौथो दिन बुधबार (आज) पनि शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। दिनहुँ घट्दै आएको बजार मंगलबार ४६ दशमलव ४६ अंकले घटेको थियो भने आज पनि २३ दशमलव ३२ अंकले गिरावट आएर २ हजार ४२८ दशमलव ७५ विन्दुमा झरेको हो। 

बुधबार २२६ वटा धितोपत्रको ४३ लाख ७२ हजार कित्ता शेयर खरिद बिक्री भएको छ। जसबाट १ अर्ब ९९ करोड २९ लाख ७१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । 

बुधबार १३ वटा समूहमध्ये  समूहमध्ये २ वटा समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ । सबैभन्दा बढी व्यापार समूहको परिसूचकमा २ दशमलव ७६ प्रतिशतले गिरावट आएको हो ।

बुधबार नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। कारोबार रकमको आधारमा हिमालयन डिष्ट्रिलरी लिमिटेडको ९ करोड ४१ लाख ५७ हजार ६१४ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भयो। 

Logo