बालिका बलात्कार अभियोगमा एक जना पक्राउ

बालिका बलात्कार अभियोगमा एक जना पक्राउ


धार्दिङ।

जिल्ला प्रहरी कार्यालय धार्दिङले १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ज्वालामुखि गाउँपालिका–१ का २२ वर्षीय सुमन कुमाल रहेका छन् ।

पीडित परिवारले दिएको जाहेरीका आधारमा कुमाललाई शुक्रबार पक्राउ गरिएको प्रहरी निरीक्षक सरोज राइले जानकारी दिए। बालिकालाई घरमा बोलाई बलात्कार गरेको अभियोग कुमाललाई लगाइएको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ ।रासस

Logo