नेपालमा व्यवसाय गरिरहेका भारतीय कमालेस भन्छन्, ‘यहाँका मानिस किन विदेश जान्छन्?’

नेपालमा व्यवसाय गरिरहेका भारतीय कमालेस भन्छन्, ‘यहाँका मानिस किन विदेश जान्छन्?’


गर्मीको समयमा बाटोमा हिँड्दै गरेका जो कोही पनि चिसो देख्ने वित्तिकै नखाने कमै होलान् । गाडीमा कारमा हिँड्ने हुन् या मोटरमा जो कोहीले पनि चिसो खाने नै भए ।

देशमा काम भएन भनेर नेपालका धेरै युवा विदेशिने गरेका छन् । देशमा काम गर्न खोजी रहेका छैनन् । लाजले काम गरिरहेका छैनन् । देशका मानिस विदेशिए पनि बाहिरी देशबाट काम गर्न नआएका चाँही हैनन् । विदेशमा पैसाको बोट छ भन्नेहरु बाहिर गएर जस्तो दुःख गर्न पनि तयार हुन्छन् । तर नेपालमा काम गर्न आएका मध्ये छिमेकी मुलुक भारतबाट आएर उदाहरण बन्न सफल भएका एक व्यक्ति हुन् ५० वर्षिय कमालेस । तातो घाममा चिसो सलाद बेच्दै वरिपरि गाडीको आवाजसँगै दिनभरि उभिएर दिन बिताउँछन् कमालेस । 

भारत घर भएका उनी करिब २० वर्ष पहिले काठमाडौँ आएका हुन् । केही काम गर्ने सोच बोकेर काठमाडौँ आएका उनले सुरुमै सलाद बेच्न सुरु गरे । गर्मी होस् या जाडो उनले १२ महिना नै अनामनगरको सडक अगाडि व्यापार गर्न सुरु गरे । उनी भन्छन्, “२० वर्ष अगाडि यहाँ आएको हुँ । भारतबाटै केही काम गर्छु भनेर आएको थिएँ । यहाँ आएपछि सुरुमै यहि काम गर्न सुरु गरेँ । सुरुमा मैले बेच्न थाल्दा १० रुपैयाँदेखि सुरु गरेँ। अहिले ६० रुपैयाँमा दिन्छु ।” 

उनको परिवार सुन्धारामा बस्दै आएको छ । उनको परिवारमा उनीसहित ३ जना बस्छन् । कमालेस शाह खाना खाएर ११ बजेतिर गाडी चडेर बबरमहल आउँछन् । बेलुका ५ बजेसम्म त्यहीँ बस्छन् । उनी भन्छन्, “म बिहान ११ बजे यहाँ आइपुग्छु । बेलुका ५ बजेसम्म बस्छु । अनि फेरि माथि मेन रोडमा गएर गाडीमा चढ्छु र कोठामा जान्छु ।”

पहिला पहिला काम गर्न गाह्रो भए पनि अहिले निकै सहज भएको उनी बताउँछन् । पहिले अनामनगर हनुमानस्थान नजिकै बसेर व्यापार गर्थे भने त्यहाँ नजिक नगर प्रहरी आएपछि अलिक पर सरेको उनी बताउँछन् । भन्छन्, “पहिले म सिंहदरबार नजिकै बसेर व्यापार गर्थें । राम्रै भएको थियो तर त्यहाँ नगर प्रहरी आएर गाली गर्न थाल्यो । त्यसपछि यहाँ आएर वसेको हुँ । के गर्नु काम गरेर खान पनि दिँदैन । आज पनि २ पटक खेदिसक्यो ।”

पक्कै पनि इच्छाशक्ति भए जुन काम पनि सहजै गर्न सकिने उदाहरण बनेका छन् भारतीय कमालेस शाह। लाखौँ तिरेर जोखिममा काम गर्न विदेशी भूमीमा जानुभन्दा आफ्नै स्वदेशमै रोजगारी गर्ने अवसर जुटाउन सकिन्छ। 

उनी सलाद बेचेर दिनमा २५ सय रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म कमाउँछन् । तर उनी एक्लैले परिवारमा खर्च चलाउनु पर्ने भएकोले बचाउन भने पाउँदैनन् । भन्छन्,“ म कमाउन त दिनमा २५ सयदेखि ३ हजार रुपैयाँसम्म कमाउँछु बचत चाहीँ धेरै गर्न सक्दिनँ । दिनैपिच्छे गाडीमा चडेर कोठामा जानुपर्छ । जाडोको समयमा त धेरै विक्री हुँदैन गर्मीको समयमा चाँही हुन्छ । अहिले र पछि गर्मी बढ्दै गएपछि धेरै हुन्छ । जति कमाए पनि पुग्दैन । कहिले काहीँ गर्मी निकै बढेको बेला त एकछिन हात नै खाली हुँदैन तर बेलुका हुँदै गएपछि व्यापार पनि सेलाउँदै जान्छ” उनी नेपालबाट धेरै युवा विदेश गएर विचल्ली हुने र नेपालमा केही काम नदेख्नेसमेत बताउँछन् । उनी भन्छन्, “नेपालमा काम गर्न लाज मानेर धेरै मानिस बाहिर जान्छन् तर हामी भने नेपालमै आएर यत्रो पैसा कमाइरहेका छौँ। नेपालका मानिस विदेशमा पैसाको बोट छ जस्तो ठान्छन् ।” 

उनी हाँस्दै फेरि थप्छन्, “हामी आफ्नो देश छाडेर यहाँ आउँछौँ । यहाँका मानिस नेपाल छाडेर बाहिर देश जान्छन्। बराबरी जस्तो भएको छ। तर आफ्नो देश छाडेर बाहिर जानुभन्दा आफ्नै देशमा केही गरेको राम्रो हुन्छ।”

१० रुपैयाँबाट सलाद बेच्न सुरु गरेका उनले अहिले बढाएर मूल्य ६० रुपैयाँ पुर्याएका छन् । सुरुवाती चरणभन्दा अहिले महंगी बढ्दै गएको र मूल्य पनि बढाउँदै लानु परेको उनी बताउँछन् । उनी भन्छन्, पहिले भन्दा अहिले धेरै महंगी बढ्दै गयो । त्यसैले मैले पनि मूल्य अलि अलि बढाउँदै लगेँ । सबैले त्यही मूल्यमा खान्छन् खान त तर कसै कसैले भने बुझे पनि नबुझे जस्तै गर्छन् र ६० रुपैयाँको सामानलाई ४० अथवा ५० रुपैयाँमा आउँदैन भन्छन् । उनीहरुलाई थाहा छ महंगी कस्तो बढेको छ भनेर तर पनि थाहा नपाएजस्तो गर्छन् । तर म घटाएर दिन्नँ ।”

उनी सलादसँगै छेउमा नरिवलको टुक्रासमेत बेच्छन् । नरिवल भने टुक्राको २० रुपैयाँमा बेच्छन् तर अरु सलाद छुट्टै छुट्टै कहिले बेच्दैनन्। सबै एकैठाउँ मिसाएर बेच्छन् । 

पक्कै पनि इच्छाशक्ति भए जुन काम पनि सहजै गर्न सकिने उदाहरण बनेका छन् भारतीय कमालेस शाह। लाखौँ तिरेर जोखिममा काम गर्न विदेशी भूमीमा जानुभन्दा आफ्नै स्वदेशमै रोजगारी गर्ने अवसर जुटाउन सकिन्छ। 

Skip This
Logo