सत्ता गठबन्धन बैठक बालुवाटारमा जारी

सत्ता गठबन्धन बैठक बालुवाटारमा जारी


५ दलिय सत्ता गठबन्धनको बैठक बसीरहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा जारी  बैठकमा स्थानीय तह निर्वाचनमा हुने तालमेलको मोडालिटीबारे छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले जनाएको छ। 

बैठकमा देउवासहित पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूको सहभागी छन्। यस्तै निर्वाचनको तयारी, चुनौती तथा समसामयिक विषयमा पनि छलफल जारी रहेको जनाइएको छ। 

Logo