अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण : गभर्नर महाप्रसाद अधिकारी

अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन चुनौतीपूर्ण : गभर्नर महाप्रसाद अधिकारी


नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्रमा बाह्य क्षेत्र व्यवस्थापन गर्न नसके चुनौती थप बढ्ने बताएका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकले आयोजना गरेको ’नेसनल कन्फ्रेन्स अन इकोनमिक्स एण्ड फाइनान्स’ विषय कार्यक्रममा बोल्दै गभर्नर अधिकारले अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेकाले आयातलाई प्रतिस्थापन गर्न नसकेमा अर्थतन्त्रमा चुनौती कामय रहने बताएका हुन् । आयात बढ्दै जाने तथा सो अनुसारको विदेशी मुद्रा आर्जन घट्दै गएकाले मुलुकको अर्थतन्त्रमा बाह्य क्षेत्रको स्थायीत्व प्रमुख चुनौतीको रुपमा देखिएको उनको भनाइ छ ।

गभर्नर अधिकारीले चालु आर्थिक वर्षको शुरुदेखि नै रेमिट्यान्स घट्दै गएको तथा आयात बढेका कारण शोधनान्तर घाटा र बैंकमा तरलता अभाव रहेको बताए । उनले पेट्रोलियम पदार्थको मूल्यले बाह्य क्षेत्रमा चाप परेको र लगानी योग्य रकम नभएको कारण बैंकहरुमा ब्याजदर बढ्दै गएको उल्लेख गरे । 

अधिकारीले भने, ‘पछिल्लो समय पेट्रोलिय पदार्थको मूल्य आकाशिएसँगै मूल्यवृद्धिमा चाप पर्ने अवस्था रहेको छ । आयातमा भएको उच्च वृद्धि तथा विदेशी मुद्रा अप्रवाह स्रोतको सीमितताले गर्दा बाह्य क्षेत्रमा दबाब सृजना भएको छ । नेपालको अहिलेको सन्र्दभमा नेपाल राष्ट्र बैंकले बाह्य क्षेत्र सन्तुलन कायम गर्न राष्ट्र बैंकले विनिमय दर तथा बाह्य सञ्चिति व्यवस्थापन गर्ने गर्छ । पछिल्ला केही महिनामा नेपालको बाह्य क्षेत्रमा दबाबको स्थिति देखा परेको छ । मुलुकमा कोरोना प्रभाव कम भएसँगै भएको कर्जा विस्तार, बढ्दो आयात तथा पर्यटन जन्य आम्दानीमा आएको कमिका कारण चालु खाता तथा सोधनान्तर स्थिति चालु आर्थिक वर्षको सुरुवात देखि नै निरन्तर रुपमा घाटामा गएको स्थिति छ । यस्तो अवस्थामा बाह्य क्षेत्र व्यवस्थापन हामी सबैको लागि चुनौतीपूर्ण बन्दै गएको छ । हाल देखिएको चुनौतीपूर्ण बाह्य पृष्ठभूमिका रुपमा कोभिड पूर्वको अवस्था सम्झनुपर्छ । कारोनाको कारण २०२० मा विश्व भर नै बाह्य व्यापार तथा बाह्य रेमिटेन्स प्रभावित भयो ।’ 

गभर्नर अधिकारीले नेपालमा बाह्य क्षेत्रको प्रवृति केलाउँदा विगत साढे चार दशक देखिनै बाह्य व्यापार घाटामा रहेको बताए । चालु आर्थिक वर्षको सुरुवात देखि सोधानान्तर स्थिति तथा चालु खाता घट्दै गएको र ८ महिनाको अवधिमा कुल वस्तुको निर्यात ८२.९ प्रतिशतले वृद्धि भइ १४७ अर्ब ७५ करोड पुगेको उनले जानकारी दिए ।

कुल बस्तु आयात ३८.६ ले वृद्धि भइ १३ सय ८ अर्ब ७३ करोड पुगेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा देखिएको रुस युक्रेन युद्ध जस्ता गतिविधिमा सुधार आउन धेरै समय लागेमा मूल्यमा परेको दबाब केही थप समयसम्म जोखिममा नै रहने गभर्नर अधिकारीको भनाइ छ । आयात प्रतिस्थापन गर्न नसकेको अवस्थामा आगामी दिनमा समेत बाह्य क्षेत्र स्थायित्वको जोखिम कायमै रहने बताउँदै गभर्नर अधिकारीले बाह्य क्षेत्र व्यवस्थापन गर्न नसक्नुको अवस्था श्रीलंकाको अवस्था हेरेर पाठ सिक्नु पर्ने उल्लेख गरे । 

गभर्नर अधिकारीले अत्याधित आयातमूखी भइरहेको अर्थतन्त्रलाई उत्पादन मुखी बनाई निर्यात प्रवद्र्धधन र आयात प्रतिस्थापन दिसामा मुलुक नलैजाने हो भने कुनै पनि समय बाह्य स्थायित्वका जोखिम पर्न सक्ने  चेतावनी समेत दिए । 

Skip This
Logo