1

११ भन्सार कार्यालयबाट निर्यात शून्य, व्यापार घाटा उच्च

1
1
1

काठमाडौँ,

मुलुकका कुल २३ वटा भन्सार कार्यालयबाट कुल १० खर्ब ६१ अर्ब रुपैयाँको आयात भएको छ । यस्तै ६९ अर्ब ८२ करोड रुपैयाँको निर्यात भएको छ । सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । वीरगन्जबाट ३ खर्ब ६६ अर्ब ९ करोड ८३ लाख ६२ हजार रुपैयाँ बराबरको वस्तु आयात हुँदा जम्मा १४ अर्ब ८५ करोड ६९ लाख ४१ हजार रुपैयाँ बराबरको वस्तु मात्र निर्यात भएको छ ।

गतवर्षको सोही अवधिमा वीरगञ्जबाट हुने आयात ३४.५६ प्रतिशतले बढेको हो भने निर्यात २१.२८ प्रतिशतले बढी हो । यस्तै दोस्रो नम्बरमा रहेको भैरहवा भन्सार कार्यालयबाट १६.८६ प्रतिशतले आयात बढेर १ खर्ब ७८ अर्ब ९६ करोड ८३ लाख ४ हजार पुगेको छ । भैरहवाबाट २ अर्ब ७३ करोड ४१ लाख २२ रुपैयाँको मात्रै निर्यात भएको छ । जुन गत वर्षको तुलनामा ३.९२ प्रतिशतले बढी हो ।

विराटनगर भन्सार कार्यालयबाट १२.३४ प्रतिशतले आयात वृद्धि भइ १ खर्ब ३० अर्ब ३५ करोड ९५ लाख २८ हजार रुपैयाँको सामग्री भित्रिएको छ भने निर्यात २९.५२ प्रतिशतले बढेर २० अर्ब ६१ करोड ५ लाख ८८ हजार रुपैयाँ बराबरको छ ।

त्रिभुवन विमानस्थलबाट १ खर्ब १७ अर्ब ८० करोड ३५ लाख ८ हजार रुपैयाँको आयात हुँदा निर्यात भने १७ अर्ब ७४ करोड ८४ लाख १८ हजार रुपैयाँ बराबरको छ ।

सबैभन्दा कम आयात हुने कार्यालयमा सती भन्सार कार्यालयबाट जम्मा १ करोड १६ लाख ५० हजार रुपैयाँको आयात भएको छ । त्यस्तै ताडी भन्सार कार्यालयबाट १ करोड ७३ लाख ३७ हजार रुपैयाँको आयात भएको छ । यी दुई कार्यालयबाट गत वर्षको तुलनामा कुनै पनि फरक छैन ।

गत वर्षको सोही अवधिको तुलनामा १ प्रतिशतभन्दा कम ११ वटा कार्यालयबाट आयात भएको देखिन्छ । भने ४ वटा भन्सार कार्यालयबाट १ प्रतिशतभन्दा कम निर्यात भएको छ । त्यस्तै, २३ वटा भन्सार कार्यालयमध्ये ११ वटा भन्सार कार्यालयबाट निर्यात शुन्य छ । आयात र निर्यातबीच सन्तुलन नमिल्दा व्यापार घाटा उच्च भएको छ । चैत मसान्तसम्ममा ९ खर्ब ९१ अर्ब ७९ करोड रुपैयाँ व्यापार घाटा भएको विभागको तथ्यांकमा उल्लेख छ ।
कारोबारबाट

प्रकाशित: ३ जेठ २०७६ ०७:३३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी