परम्परागत आरन व्यवसायले धानेको छ जीविकोपार्जन

परम्परागत आरन व्यवसायले धानेको छ जीविकोपार्जन


मुगुका दलित लुहारहरूको जीविकोपार्जनको लागि परम्परागत आरन व्यवसाय आयस्रोतको माध्यम बनेको छ ।  देशभर आरन पेसा लोभ भइरहेको बेला मुगुमा भने दलितको सहारा बन्दै गइरहको हो । उमेरमा अरु काम गरेर घर चलाएका यहाँका दलित स्थानीयले वृद्ध अवस्थामा आरन चलाउने गरेका छन् ।

अन्य काम गर्न नसकेपछि आरनको काम गरेर घरखर्च चलाउने गरेको उनीहरूको भनाइ छ । सोरु गाउँपालिका-७ का नन्दलाल लावड फरक क्षमताका व्यक्ति हुन् । शारीरिक रूपमा अपांग भए पनि लावडले आरनबाटै चार जनाको परिवार धानेका छन् ।

आरनबाट हात हतियारदेखि कृषि औजारहरु बनाउने गरिन्छ । तर, कामअनुसारको ज्याला पाउन नसकेको उनीहरूको गुनासो छ । आरनबाट औजार बनाउन एक घण्टा लाग्ने गरेको, तर एक घण्टाको ज्याला एक माना चालम पाइने गरेको आरन व्यवसायी बताउँछन् । आफुसँग राम्रो खेतीयोग्य जमिन नभएकोले यहि पेसाको भरमा जीविका चलाउनु परेको उनीहरू बताउँछन् ।

यस्तै स्थानीय सरकार बनेपछि दुःख हटला भन्ने आशा थियो । तर, स्थानीय सरकारले यो पेसामा ध्यान नदिँदा दुःख लागेको उनीहरू बताउँछन् । साथै आधुनिक औजारले बजार पाँउदै जाँदा पुख्यौली पेसा संकटमा पर्ने र जिविकोपार्जनको एक मात्रै उपाय आफ्नो पेसा खोसिनेमा चिन्तित छन् । 

Logo