काठमाडौँ,
एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंक मर्ज हुने भएका छन् । प्राइम कमर्सियल बैंकसँगको मर्जर प्रक्रिया टुटेपछि ओम एनएमबीसँग मर्ज हुने भएको हो ।
प्राइम कमर्सियल बैंकसँग प्रतिसेयर साढे ८२ रूपैयाँका दरले प्राप्ति गर्न खोजेको प्रक्रिया कर्मचारी समायोजनमा समस्या आएपछि तोडिएको हो । एनएमबी र ओमको मर्जर समिति संयोजकहरूले सम्झौता गरेर आगामी २ महिनामा मर्जर प्रक्रिया सक्ने गरी प्रक्रिया अघि वढाएका हुन् । समझदारीपत्रमा एनएमबीबाट प्रदीपराज पाण्डे र ओमबाट योगेन्द्रलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अहिले एनएमबी बैंकको चुक्ता पुँजी ९ अर्ब ६१ करोड रूपैयाँ रहेको छ । ओमको २ अर्ब ५१ करोड रूपैयाँ छ । मर्जर पछिको बैंकको पुँजी तथा सञ्चित कोष २० अर्ब ४२ करोड रूपैयाँ पुग्नेछ । हाल एनएमबी बैंकका शाखा कार्यालय ११० वटा र ओमका ५३ वटा छन् ।
प्रकाशित: ५ जेठ २०७६ ०६:५९ आइतबार