काठमाडौं क्यापिटल लिमिटेडको चौथो साधारण सभा जेठ ६ मा हुने

काठमाडौं क्यापिटल लिमिटेडको चौथो साधारण सभा जेठ ६ मा हुने


काठमाडौं क्यापिटल लिमिटेडको चौथो वार्षिक साधारण सभा जेठ ६ गते बस्ने भएको छ । कम्पनीको गत फागुन २७ गते बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार सभा बस्ने भएको हो ।

कम्पनीको सभा पार्क भिजेज रिसोर्ट, बुढानिलकण्ठ काठमाडौंमा दिउँसो ३ बजे शुरु हुने भएको छ । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम शेयरधनीहरुलाई करसहित १५ दशमलव ७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै, संस्थापक शेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना सञ्चालकको निर्वाचन गर्ने, आव २०७६/७७ र २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभामा  पारित हुनेछ ।
 

Logo