राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरीको वीरेन्द्रनगरको मेयर उम्मेदवार दर्ता

राप्रपाका केन्द्रीय उपाध्यक्ष गिरीको वीरेन्द्रनगरको मेयर उम्मेदवार दर्ता


राप्रपाका केन्द्रीय उपाध्यक्ष मुकुन्द श्याम गिरीले वीरेन्द्रनगर नगरपालिकाको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार पुगेर उनले उम्मेदवारी दर्ता गरेका हुन् । 

केन्द्रीय उपाध्यक्ष गिरीले वीरेन्द्रनगरको मेयरमा उम्मेदवारी दर्ता गरेको पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । 

उनका अनुसार देशभर राप्रपाले उम्मेदवारी दर्ता गराइरहेका छन् । राप्रपाले स्थानीय तहको निर्वाचनलाई उच्च प्राथमिकता दिँदै केन्द्रीय पदाधिकारीलाई चुनावी मैदानमा उतारेको छ । 

Logo