३ भदौ २०७९ शुक्रबार
1
1
1
1

वैशाख २२ गतेदेखि आईपीओ खुला गर्दै अप्पर सोलु हाइड्रो कम्पनी

1
1
1
1
1

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले वैशाख २२ गतेदेखि आईपीओ निष्कासन तथा विक्री खुला गर्ने भएको छ । 

कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि १३ करोड ५० लाख बराबरको प्रतिकित्ता रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरले १३ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। 

आईपीओ खरिदका लागि आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिकाका बासिन्दाहरुले आवेदन दिन सक्नेछन्। स्थानीयहरुले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म शेयर खरीदका लागि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

उक्त आईपीओमा आवेदन दिने समय छिटोमा जेठ ५ गतेसम्म रहेको छ भने ढिलोमा जेठ २० गतेसम्म रहेको छ। कम्पनीको आईपीओ विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

विक्री प्रबन्धकसँगै स्थानीयले एनएमबि बैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ।

शेयर अर्थ संसार

प्रकाशित: १३ बैशाख २०७९ १५:३२ मंगलबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी