घनश्याम भन्छन्, ‘अचार बनाउन जस्तो सजिलो छैन सिलौटो बनाउन’

घनश्याम भन्छन्, ‘अचार बनाउन जस्तो सजिलो छैन सिलौटो बनाउन’


मानिसका आफ्नै सपना हुन्छन् । कोही आफ्नै सपनाको सहरमा हराएका हुन्छन् त केही सपना पूरा गर्नका लागि धेरै संघर्ष गरिरहेका हुन्छन् । कोही आफ्नै काम गरेर खुशी प्राप्त गरिहेका छन् । अनि कोही आफूले गरेको सानो कामबाट पनि धेरै खुशी भैरहेका हुन्छन् । यसरी नै २० वर्ष पहिलेदेखि सडको छेउमा बसेर सिलौटो बनाइरहेका छन् घनश्याम कुशबडिया ।

बुटवल घर भएका घनश्याम ७ वर्षकै उमेरमा काठमाडौँ आएका हुन् । उनको जन्मथलो बुटवल भएपनि पहिलादेखि नै उनका आमा बुबा सबै परिवार काठमाडौँमै बस्थे । त्यसैले उनी पनि सानै उमेरमा काठमाडौँ आए । उनका परिवारमा सबैले पहिलेदेखि नै चाबहिल रोडको छेउमा सिलौटो बनाएर बेच्ने काम गरेको हुनाले उनका आमा बुवाले पनि त्यहीँ बसेर त्यही काम गरेका थिए । अनि उनले पनि १७ वर्षकै उमेरमा बाबुले गर्दै गरेको काम सम्हाल्न थाले त्यहीँ बसेर । उनी भन्छन्, “बुटवल जन्मथलो भए पनि कर्मथलो काठमाडौँ भयो । यहीँ काम गरेको २० वर्ष भैसक्यो । मेरो परिवारमा पहिलेदेखि नै सबैले यही काम गर्नुभएको हो, अनि मैले पनि सिलौटो बनाउने काम गरेको हुँ । राम्रो भैरहेको छ ।”

घनश्याम अहिले ३७ वर्षका भए तर उनले कति पनि पढेका छैनन् । विद्यालय त गए तर उनलाई पढ्न मन लागेन । उनलाई मात्र हैन उनका साथीहरु कसैले पनि पढेनन् । भन्छन्, “म विद्यालय त गएँ, केही दिनमै छाडिदिएँ । त्यो बेला कसैलाई पढ्न मन नै लाग्दैन थियो । रमाइलो मात्र गर्न मन लाग्थ्यो । तर पढेरभन्दा पनि जिन्दगीमा केही कामको अनुभव गरेर सिकिँदो रहेछ । अहिले पढाईको महत्व त बुझ्दैछु । त्यसैले छोराछोरीलाई पढाइरहेको छु । हेरौँ कस्तो पढ्छन् ।” उनले यतिभन्दा कता कता पढाई छाडेर पढ्न नपाएकोमा पछुतो लागेजस्तो पनि लाग्थ्यो । किनकी उनको स्वर अरुबेला भन्दा मलिन  भएको थियो । 

अहिले थपिएर धेरै भैसकेका छन् । अनि लाइनबाट चल्ने मिक्चर आएर पनि होला सायद । व्यापार कम भइपछि आम्दानी पनि कम हुने नै भयो । पहिला पहिला १ लाख हुन्थ्यो भने अहिले त्यसको आधा पनि हुँदैन फाइदा । काम गर्न सक्यो भने यसबाट धेरै  फाइदा हुन्छ।

पहिला उनले गर्ने काठको काममा धेरै फाइदा थिएन । तर सिलौटोबाट धेरै फाइदा भएको उनी बताउँछन् । भन्छन्, “पहिला गरेको काम मैले १५ दिनमै छाडिदिएँ किनकी त्यसमा फाइदा नै थिएन । यो काम गर्न थालेपछि धेरै फाइदा भएको छ । यही पेशाबाट घर परिवार चलेको छ ।”

उनी सिलौटोका लागि ढुङ्गा गाउँबाट ल्याउँछन् । कहिले पूर्वबाट त कहिले आफ्नै गाउँबाट ल्याउँछन् । धेरै जसो त बनेकै हुन्छ । यहाँ ल्याएर सामान्य मात्र बनाउने होे । एक पटकमा एक लाख रुपैयाँ बराबरको १ गाडी  (२५० वटा) ल्याउँछन् । उनलाई एक लाखको ढुङ्गा ल्याउँदा फाइदा पनि १ लाख रुपैयाँ नै हुन्छ । उनी भन्छन्, “म यहाँ बनाउने त सानो सानो खालको मात्र हो । अरु सबै गाउँबाटै आउँछ । धेरैजसो त मेरै गाउँ (बुटवल) बाट आउँछ । कहिले कहिले पूर्वको केही ठाउँबाट पनि आउँछ । एकपटक ल्याएको ३ महिनादेखि ४ महिनासम्म सकिन्छ । अनि फेरि मगाउनु पर्छ यहीँ ल्याइदिन्छ ।” 

घनश्यामको परिवार कहिले आफ्नो जन्मथलो वुटवल पुग्छ त कहिले फेरि त्यहीँ कर्मथलोमा फर्किन्छ । घनश्यामको बुबा सिलौटो बनाउँदा बनाउँदै बितिसके । उनकी आमा छेउमा बसेर व्यापार गर्न सघाउँछिन् भने  श्रीमती उनलाई काममा सघाउँछिन् । उनीहरु दिनमा ५ देखि ६ वटासम्मको व्यापार गर्छन् । बनाउँदा पनि ५/६ वटै बनाउँछन् । भन्छन्, “म हो सधैं काम गर्ने त, अलिअलि श्रीमती पनि सघाउँछिन् । आमा त बनाउनुहुन्न । पहिला त बनाउनुहुन्थ्यो अहिले त बनाउन सक्नु हुन्न, बस्ने मात्र हो हामी आफैँ गर्छौं।”

घनश्याम पहिलेको भन्दा अहिले व्यापार नभएको गुनासो पोख्छन्। पहिले पहिले महिनाको एक लाख रुपैयाँसम्म आम्दानी हुन्थ्यो भने अहिले महिनाको ४० हजार मात्र हुन्छ। त्यसमा २० हजार फाइदा हुन्छ । उनी भन्छन्, “पहिलाभन्दा व्यापार कम भएको छ। किनकी पहिला धेरै बनाउने मान्छे थिएनन् । १/२ वटा मात्र थिए। 

अहिले थपिएर धेरै भैसकेका छन् । अनि लाइनबाट चल्ने मिक्चर आएर पनि होला सायद । व्यापार कम भइपछि आम्दानी पनि कम हुने नै भयो । पहिला पहिला १ लाख हुन्थ्यो भने अहिले त्यसको आधा पनि हुँदैन फाइदा । काम गर्न सक्यो भने यसबाट धेरै  फाइदा हुन्छ। व्यापार भएन भने पनि महिनाको ४० हजार भैरहेको छ। २५ हजार रुपैयाँसम्म बच्छ। काम गर्न सक्नुपर्यो । मिहेनत अनुसारको फल रामै्र हुन्छ। परिवार पाल्न पुगेको छ। नगरपालिकाले हामीलाई केही गर्दैन । कहिलेकाहीँ चाहिँ आधा ढुङ्गा लगिदिन्छ।  म विहान ७ बजे आएर बेलुका पनि ७ बजेसम्मै बस्छु । दिनमा ६/७ हजारको व्यापार हुन्छ, नहुँदा पनि ।” 

उनी अन्तिममा कोही युवालाई विदेश नजानसमेत सल्लाह दिन्छन्। भन्छन्, “मान्छेहरु घाममा डढेर काम गर्न विदेश जान्छन् । जस्तो काम गर्न पनि तयार हुन्छन् । म त मान्छेलाई विदेश नै नजाउ भन्छु, विदेश त जाने नै हैन । नेपालमा पैसा नै छैन, पैसा कमाउँनको लागि धेरै पैसाको लगानी गर्नुपर्छ भन्छन् । तर, अलिकति आइडिया हुनुपर्छ नेपालमै छ पैसा । आइडिया जान्नुपर्यो । आइडिया नजानी चाहिँ केही हुँदैन ।”

यसका साथै उनी जागिर नगरी आफ्नै व्यवसाय गर्ने हो भने फाइदा हुने बताउँछन् । भन्छन्, “पढे लेखेकाले त जागिर राम्रै पाउँछन् र राम्रै हुन्छ । तर उनीहरुलाई पनि काम लगाउने त अर्कै हुन्छ । त्यसैले आफ्नो व्यवसाय भनेको आफ्नै हो । अर्काको त अर्काकै हुन्छ । अरुले काममा धेरै पेल्छन् । आफैंले गर्यो  भने एकछिन आराम गर्न पनि पाइन्छ । गलेको बेलामा बस्न पनि पाइन्छ । मलाई यहीँ काम गरेर राम्रो भएको छ। त्यसैले जागिरभन्दा पनि आफ्नै व्यवसायमा फाइदा देख्छु म ।”

Logo