1
1
1

३ महिला जो चटपटे बेचेरै १ लाख कमाउँछन् (भिडियो रिपोर्ट)

1
1

काठमाडौं । नगरे पो हुँदैन, गरे के पो हुँदैन ? हो, हेर्दा सानातिना लाग्ने कामबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ । नेपालमा रोजगारीका अवसर छैनन् भन्दै विदेशीनेको संख्या अत्यधिक छ । त्यही भिडमा केही यस्ता पनि जो विदेशभन्दा स्वदेशमै केही गरौं भन्ने सोच राख्छन् ।

आज यस्तै मानिसको कथा प्रस्तुत गर्न गईरहेका छौं । जो विदेशभन्दा स्वदेशमै पानीपुरी तथा चटपट बेचेरै मासिक लाखौं कमाउँछन् । यतिमात्र होईन्, उनीहरु आफ्ना श्रीमानहरुलाई समेत नेपालमै केही गर्न प्रेरित गर्छन् ।

विगत ६ बर्षदेखि चोभारमा व्यापार गर्दै आएकी लक्ष्मी खड्का चटपट र पानीपुरी बेचेरै दैनिक ४ हजार भन्दा बढी कमाउँछिन् । दोलखा घर भएकी उनी काठमाडौं छिरेको केही समयदेखि नै चटपट र पानीपुरीको व्यापार गर्न थालिन् ।

उनीजस्तै सुमित्रा अर्याल पनि चटपट तथा पानीपुरी बेचेरै मासिक लाखौंको आम्दानी गछिन् । विगत ७ वर्षदेखि ललितपुरको धोबीघाटमा चटपट र पानीपुरी बेच्दै आएकी सुमित्राको घरखर्च त्यही व्यवसायबाट चल्छ । केन्द्रबिन्दुकर्मी अनुपम भट्टराई र सन्दीप आचार्यले तयार पारेको यो भिडियोः

प्रकाशित: १० जेठ २०७६ १७:०० शुक्रबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी