इन्टरनेट सेवा बन्द हुन नदिन पहल गर्न क्यान महासंघको माग

इन्टरनेट सेवा बन्द हुन नदिन पहल गर्न क्यान महासंघको माग


कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघले इन्टरनेट सेवा प्रदायकहरूको समस्या समाधान गरी इन्टरनेट सेवा प्रवाहमा सहजता प्रदान गर्न सरोकारवालासंग माग गरेको छ । 

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले केही दिनदेखि विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस गर्न चासो नदिएको भन्दै निर्वाचनको मुखमा इन्टरनेट सेवा बन्द हुन सक्ने चेतावनी दिएका छन् । 

क्यान महासंघले आइतबार विज्ञप्ति जारी यसप्रति आफूहरूको ध्यानाकर्षण भएको भन्दै सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता र छलफल गरी समस्या समाधान गर्न अनुरोध गरेको छ । 

क्यान महासंघका महासचिव नारायण थापाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।, "इन्टरनेट सेवा प्रदायकहरूले विदेशबाट ब्यान्डविथ खरिदका निम्ति आवश्यक विदेशी मुद्रा सटहि सिफारिस एवं महालेखापरीक्षकको वार्षिक प्रतिवेदनका आधारमा बेरुजुका सन्दर्भमा विभिन्न निकायहरूबिच बुझाईमा असमानताका कारण  ब्यान्डविथको शुल्क तिर्न विलम्ब हुनाका कारण इन्टरनेट सेवा बाधित हुने सक्ने प्रति क्यान महासंघ चिन्ता ब्यक्त गर्दछ एवं समस्या समाधानका निम्ति सम्बन्धित निकायहरुलाई जिम्मेवारीपुर्वक यथासिघ्र वार्ता एवं छलफलको निम्ति हार्दिक अनुरोध गर्दछ ।"

Logo