‘हाम्रो साइकल यात्रा’ र्‍याली

‘हाम्रो साइकल यात्रा’ र्‍याली


कोका-कोला फाउन्डेसन नेपाल र बोटलर्स नेपाल लिमिटेड, क्रिएसन र रिसाइक्लर साथीले ‘हाम्रो साइकल यात्रा’ र्‍याली सम्पन्न गरेको छ ।

ललितपुरको जावलाखेल वीरेन्द्र सालिकबाट सुरु भएको र्‍याली धोबीघाट, सानेपा, बखुण्डोल, पुल्चोक इन्जिनिरिरङ कलेज हुँदै पाटनढोका पुगेर नागबहालमा समापन भएको थियो ।  ‘हाम्रो साइकल यात्रा’  (Dignityforall)  हरेक वर्ष फोहोरमैला व्यवस्थापनमा  काम गर्ने कामदारहरूलाई सार्वजनिक रूपमा सम्मान गर्न र वातावरण सफा र स्वस्थ राख्नमा उनीहरूको उल्लेखनीय संलग्नताको प्रशंसा गर्न आयोजना गर्दै आइएको हो ।

साइकल र्‍यालीमा करिब २५० जना सहभागी भएका थिए । गोपालप्रसाद अर्याल, वातावरण विभाग, क्रिएसनका सद्भावना दूतहरू अभिनेतृ केकी अधिकारी लगायतको उपस्थिति रहेको थियो । र्‍यालीसंगै निशुःक स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । स्वास्थ्य शिविरमा फोहोरमैला कामदारहरूको निःशुल्क स्वास्थ्य, आँखा र दाँतको परिक्षण पनि गरिएको थियो । 

आयोजकले कार्यक्रमबारे विज्ञप्ति जारी गरी भनेको छ, ‘हाम्रो साइकल यात्रा एकताको प्रतीक हो । जहाँ सबै सरकारी तथा निजी संस्थाहरू, युवाहरू र फोहोर र मजदुरहरू राष्ट्रको वातावरणीय चुनौती पहिचान गर्नका साथै स्वच्छ वातावरण कायम गर्न र फोहोर मजदुरहरूको उल्लेखनीय योगदानको कदर गर्न एकजुट हुन्छन् ।’

Logo