रिभर फल्सले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

रिभर फल्सले वैशाख २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने


रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि वैशाख २८ गतेदेखि २७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन खुला गर्ने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार उक्त कम्पनीको आईपीओमा लगानीकर्ताले जेठ ४ गतेसम्म आवेदन दिन सक्ने भएका छन् ।

कूल निष्कासन हुने मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीका कर्मचारीको लागि र १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्ने जनाइएकाे छ।

कम्पनीले यसअघि आयोजना प्रभावितलाई ७ लाख कित्ता आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ।

Logo