प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य

प्रतितोला ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य


नेपाली बजारमा सुनको मूल्य आइतबार (आज) बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज प्रतितोला ६ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ६ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार प्रतितोला १ हजार २८० रुपैयाँ कायम भएको चाँदीको मूल्य आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार २८५ रुपैयाँ कायम भएको छ।        

Logo